Saturday, January 18, 2025
Home > मुख्य समाचार > उपसभामुख डा. तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह नेकपाको आग्रह

उपसभामुख डा. तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह नेकपाको आग्रह

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले उपसभामुख डा. शिवमाया तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको छ ।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकले रिक्त सभामुख पद नेकपामै रहनका लागि उपसभामुख तुम्बाहाङफेलाई राजीनामा दिन आग्रह गरेको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुखको राजीनामापछि सभामुखको उम्मेदवार तय गरिने जानकारी दिनुभयो । प्रतिनिधिसभाको सभामुख र उपसभामुख फरक पार्टी र लिंगको हुनुपर्ने संवैधानिक व्यवस्थाका कारण सभामुख पद आफूसँगै राख्नका लागि नेकपालाई उपसभामुख पद छोड्नुपर्ने बाध्यता छ । उपसभामुखले राजीनामा नदिएसम्म नेकपाले सभामुख पदका लागि उम्मेदवारी दिन पाउँदैन । यसैकारण नेकपाले आफ्नो तर्फबाट निर्वाचित उपसभामुखलाई राजीनामा दिन आग्रह गरेको हो । नेकपाले सभामुखको उम्मेदवार टुंगो लगाउन नसक्दा पुस ४ गतेपछि प्रतिनिधिसभाको बैठक बस्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *