Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > उपचारको क्रममा निधन भएकी उपाध्यक्ष राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

उपचारको क्रममा निधन भएकी उपाध्यक्ष राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा ओढाएर श्रद्धाञ्जली व्यक्त

भोजपुर ५ असोज
उपचारको क्रममा निधन भएकी भोजपुर हतुवागढी गाउँपालिकाकी उपाध्यक्ष चन्द्रमा राईको पार्थिव शरीरमा श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
मृतक राईको पार्थिव शरीरमा राष्ट्रिय झन्डा र पार्टीको झन्डा समेत ओढाएर श्रद्धाञ्जली व्यक्त गरिएको छ । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई र नेकपा एक नं. प्रदेश कमिटी अध्यक्ष देवराज घिमिरेले पार्टीको झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभएको हो । यस्तै प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले राष्ट्रिय झन्डा ओढाएर सम्मान व्यक्त गर्नुभयो । धरान स्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान हाता भित्र रहेको एक नं. मैदानमा श्रद्धाञ्जली सभा गरिएको हो । श्रद्धाञ्जली सभामा धरान उपमहानगरपालिकाका मेयर तिलक राई, उपमेयर मञ्जु भण्डारी सहित नेकपाका नेता कार्यकर्ताको बाक्लो उपस्थिति रहेको थियो । मृतक उपाध्यक्षको शव सोही मैदानबाट हेलिकप्टरमार्फत् भोजपुर लगिएको छ । उपाध्यक्ष राईलाई गत भदौ २७ गते ज्वरो आएपछि घोडेटार प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारको लागि भर्ना गरिएको थियो । उहाँलाई त्यस समय जण्डिस देखा परेको थियो । असोज १ गते बेलुका डिस्चार्ज गर्ने तयारी हुदै गर्दा उपाध्यक्ष राईलाई बिहान एक्कासि पखाला लागेको र रक्तचाप समेत कम देखिएपछि तत्काल वीपी प्रतिष्ठान पठाइएको थियो ।’ विपिमा उपचार सम्भव नभएपछि राईलाई विराटनगर स्थित न्युरो अस्पताल पुर्याइएको थियो । विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारको क्रममा हिजो बिहान उहाँको निधन भएको थियो । ४५ बर्षीया उपाध्यक्ष राईको हतुवागढी–४ खैराङस्थित आफ्नै गाउँमा अन्त्येष्टि गरिने बताइएको छ । उहाँ तत्कालीन नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित हुनु भएको थियो । अविवाहित उहाँ भाइ बुहारीको साथमा बस्दै आउनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *