Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि नोवेल टिचिङ अस्पतालमा तनाव

उपचारका क्रममा एक महिलाको मृत्यु भएपछि नोवेल टिचिङ अस्पतालमा तनाव

बिराटनग १७ असोज

उपचारका क्रममा भोजपुरकी एक महिलाको मृत्यु भएपछि विराटनगरस्थित नोवेल टिचिङ अस्पतालमा तनाव भएको छ ।  डाक्टरको लापरबाहीका कारण महिलाको मृत्यु भएको भन्दै आफन्तले आकस्मिक कक्ष अगाडि धर्ना दिएका छन् । भोजपुरको षडानन्द नगरपालिका–११ की ३० वर्षीया प्रतिमा राई उपचारका क्रममा मृत्यु भएको थियो । राईलाई जण्डिस र निमोनियाको समस्या थियो । बिरामीलाई भर्ना गरेर डाक्टरले नहेरेको आफन्तको आरोप छ । विरामीलाई अस्पतालमा १५ घण्टासम्म राख्दा पनि कुनै औषधि नदिएकै कारण बिरामी प्रतिमाको मृत्यु भएको मृतकका दाजु सुकदेव राईले बताउनुभयो । अस्पतालकै कारण बहिनीको अकालमै मृत्यु भएको राईले गुनासो गर्नुभयो । भर्ना गरेपछि एकपटक पनि डाक्टरले बिरामीलाई नगरेको उहाँको दाबी छ । उपचारमा लापरबाही गर्ने डाक्टरलाई कारबाहीको माग गर्दै आफन्तले अस्पतालमा धर्ना दिएका थिए । तर, अस्पतालले भने उपचारमा कुनै लापरबाही नगरेको दाबी गरेको छ । बिरामीलाई भेन्टिलेटर आवश्यक रहेको तर अस्पतालमा भेन्टिलेटर खाली नभएको कारण बिरामीलाई आकस्मिक कक्षमा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *