Saturday, January 18, 2025
Home > आर्थिक समाचार > उत्तरी इलामका किसान रेड किवि टिप्नमा व्यस्त,लकडाउनले बजार प्रभावित भएपछि उचित मूल्य नपाउँदा किसान निराश

उत्तरी इलामका किसान रेड किवि टिप्नमा व्यस्त,लकडाउनले बजार प्रभावित भएपछि उचित मूल्य नपाउँदा किसान निराश

इलाम १० असोज

खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि इलामका किसानले टिप्न सुरु गरेका छन् । तर लगातारको लकडाउनले बजारको समस्याले उचित मूल्य नपाउदा किसान निराश बनेका छन । मनसुनले नछाड्दै उत्तरी इलामका किसानले रेड किवि टिप्न सुरु गरेका छन् । सिजनको पहिलो उत्पादन भएपनि लामो लकडाउनपछि किविले विगतको झै बजार नपाएको किवि उत्पादक किसानको भनाई छ । जिल्लामै पहिलो पटक व्यवसायिक रुपमा किवि खेती सुरु गरेका तारामणी खतिवडाले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो । खतिवडा जिल्लाकै किवि खेतीका लागि अग्रणी किसानका रुपमा परिचित हुनुहुन्छ ।  परिपक्क नहुँदै टिपेर बेच्न हतारिने किसानको विगतको बानीले किविको बजार प्रभावित भएको छ । यो वर्ष उत्पादन सन्तोषजनक भएपनि मूल्य भने गतसालको तुलनामा आधा घटेपछि किसान निराश बनेका छन । खाँदा गुलियो र फलमा झुस नहुने रेड किवि वाइन र जुस बनाउन उपयोगी मानिन्छ । गोल्डेन र ग्रीन किवि भन्दा रेड किवि चाँडै पाक्ने गर्दछ । इलाममा गतवर्षसम्म एक सय ५२ हेक्टर क्षेत्रफलमा किवि खेती विस्तार भइसकेको छ ।जसमा एक हजार दुई सय १५ मेट्रिक टन उत्पादन भएको छ । उत्पादनको करिव २० प्रतिशत रेड किवि उत्पादन हुने गरेको छ । किवि खेती प्रवद्र्धनका लागि प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अन्तर्गत किवि जोन आयोजना समेत संचालनमा रहेको छ । तर किवि फलको प्रशोधन र यसको बजार र मूल्य अभिबृद्धिका लागि भने ठोस पहल नभएको किसानको गुनासो छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *