Saturday, January 18, 2025
Home > आर्थिक समाचार > उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित

बेलबारी २५ कात्तिक

तीजदेखि छठ पर्वसम्मको समय केराको राम्रो व्यापार हुने सिजनका रुपमा चिनिन्छ । तर, यो वर्ष भने केराखेती किसानले राम्रो आम्दानी गर्न सकेनन् । पहिले व्यापारी बगानमै आएर किन्ने गरे पनि यो वर्ष भने कोरोना भाइरसको त्रास देखाउँदै व्यापारीहरु नआउने आएकाबाट पनि उचित मूल्य नपाएपछि केराखेती गर्ने किसान चिन्तित बनेका छन् । गत वर्ष यो सिजनमा ४ रुपैयाँप्रति कोसा केरा यो वर्ष २ रुपैयाँमा समेत नबिकेको कृषहरुको भनाइ छ । थोरै मूल्य र भनेको समयमा बिक्री नहुदाँ कुहिएर खेर जानेक्रम बढेको केरा खेती कृषक शम्भु तबदार बताउँछन् । नेपाली केराको तुलनामा भारतीय केराको उत्पादन लागत कम पर्ने भएका कारण नेपाली व्यापारीले सस्तो मूल्यमा खरिद गर्नुपर्ने बाध्यता रहेको छ । जसले गर्दा नेपाली किसानले उचित मूल्य नपाएको जानकार बताउँछन् । महँगो बीउ, मल, सिंचाइ, जग्गा भाडालगायतका कारण नेपाली केराको उत्पादन लागत भारतीयको भन्दा बढी भएको नेपाली किसान मर्कामा परेको कृषक भवानी आचार्य बताउँछन् । विगतका वर्षमा मोरङका स्थानीय बजारमा खपत भई नसके केरा काठमाडौं पोखरालगायतका बजारमा बिक्री हुने गरेको थियो । तर लकडाउन तथा महामारीको डरले बाहिरबाट आउने व्यापारीहरु नआउँदा स्थानीय बजारमा केरा सस्तो भएको किसान कुमार लिम्बू बताउँछन् । बिक्री भएका केराले पनि लागत मूल्यसमेत पाउन नसक्दा उत्साहित भएर केरा व्यवसायमा लागेका नयाँ किसान निराशसमेत भएका छन् । नगदे बालीमा परिणत हुन थालेको केराले किसानलाई निरासा बनाउन थालेको छ । सरकारले नेपाली किसानलाई प्रोत्साहन गरेर आवश्यक मल बिउ बजारीकरण गरेर देशलाई नै केरामा आत्मनिर्भर बनाउन जरुरी देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *