Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा

इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा

इलाम १७ असोज
इलामको सन्दकपुर–४ स्थित माबुको सोमबारे छेउमा जमिन भासिने र पहिरो जाने क्रम शुरु भएपछि चार घर विस्थापित हुने अवस्थामा पुगेका छन् । पहिरो शुरु भएपछि माबुमा रहेको पञ्चकन्या माइ हाइड्रोपावरको सर्च टेंक र करिब चार सय मिटर पेनस्टक पाइपलाइनमा क्षति पुगेको छ । तीन महिना अगाडिदेखि गाउँ नै पहिरोमा जानेगरी जमिन भासिने क्रम सुरु भएपछि इलामको माबुमा जोखिम बढेको छ । माबु माइमझुवा जोड्ने पर्यटकीय सडक र इलाम सन्दकपुर जोड्ने सडक पहिरो धसीन थालेपछि अवरुद्ध छ । अनुमाया गुरुङ, कोलबहादुर गुरुङ, भीमदल गुरुङ, प्रविण गुरुङको चार घर पहिरोमा धसीन थालेका छन् ।  पञ्चकन्या माई हाइड्रोपावरको सर्च टं्याकी र सुरुङ मार्गको आउटलेटदेखि करिब चार सय मिटरको भाग पहिरोको उच्च जोखिममा परेको छ । १४ घर परिवारको दुई सय पाँच रोपनी जमिन पहिरोमा परेको छ । पहिरोले स्थानीय विद्युत वितरण लाइन पनि जोखिममा पारेको छ । जमिन भासिएर पहिरो जाने क्रम सुरु भएपछि जोखिम निम्तिएको भन्दै स्थानीयले पञ्चकन्या मार्ई हाइड्रोपावरको पानी बन्द गरेका छन् । विद्युत विपद संघर्ष समिति बनाएर जलविद्युत कम्पनीलाई जोखिम कम गर्न आग्रह गरिएको छ ।
जलविद्युतको सुरुङ निर्माणपछि पानी चुहिएर जमिन भासिएको स्थानीयको भनाइ छ । जलविद्युत कम्पनीले भूगर्भविदसहितको टोलीले जोखिम क्षेत्रको अध्ययन गरेको थियो । यसको प्रतिवेदन सार्वजनिक भएको छैन । जमिन भासिने र पहिरो नरोकिएमा माइखोला थुनिन सक्ने थप जोखिम बढेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *