Saturday, January 18, 2025
Home > मुख्य समाचार > इलामको पशुपतिनगरका बजार पसल खुल्लन नसक्दा व्यापारीलाई विस्थापनको चिन्ता

इलामको पशुपतिनगरका बजार पसल खुल्लन नसक्दा व्यापारीलाई विस्थापनको चिन्ता

इलाम २१ भाद्र

कोरोनाका कारण सरकारले लगाएको लकडाउन पछि अहिले देशभरका बजारहरु पुरानै अवस्थामा फर्कने प्रयासमा छन् । तर नेपाल भारत सिमाको पशुपतिनगरका पसलका सटरहरुमा भने अझै ताला झुन्डिएको देख्न सकिन्छ । ६ महिना अघिसम्म नेपाल–भारत सिमामा पर्ने सूर्योदय नगरपालिकाको पशुपतिनगर बजारमा भारतीय पर्यटकहरुको घुइचो हुने गर्दथ्यो । पर्यटकहरुको चापले थामि नसक्नु हुने सडक आजकाल खाली देखिन्छ । धेरै जसो पसलका सटरहरु बन्द छन् । खुलेका पसलहरुमा पनि ग्राहक नहुँदा सुनसान प्राय नै देखिन्छ । कोही पसलमा आएको देख्दा पनि व्यपारीको खुशीको सिमा हुन्न् । कोरोनाका कारण सिमा नाका ठप्प भएपछि भारतीय पर्यटक नआउँदा करिब ४ दशक भन्दा लामो समय देखि पसल गर्दै आएका प्रेमनाथ पाण्डेलाई विस्थापनको चिन्ताले सताएको छ । पशुपतिनगर बजारमा बाह्रै महिना भारतीय पर्यटकहरुको चाप रहने गर्दथ्यो । अहिले कोरोनाको कहरले ६ महिना देखि व्यापारीहरुलाई घरभाडा तिर्न नै धौ धौ भएको छ । कतिपय व्यापारीहरु व्यवसाय बन्द गरेर घर फर्किसकेका छन् । कतिपय व्यवसायीहरु पुरानै अवस्थामा फर्कने आशमा घरभाडा तिरेर नै बसेका छन् । संकटमा रहेका व्यवसायीहरु सरकारबाट सहयोग हुनुपर्ने माग राख्लछन् । केही बर्षअघिसम्म भारतीय व्यपारीहरुको लागि फेन्सी सामाग्री एवम फरेन गुडस खरिदको नजिकको बजार पशुपतिनगर नै थियो । चीनबाट आउने धेरै जसो लत्ताकपडा, फेन्सी सामाग्री, जुत्ता लगायतका सामाग्रीहरु खरिद गर्न भारतको दार्जिलिङ, सिक्किम, कालेम्पोङ, सिलगुडी लगायतका स्थानबाट व्यापारीहरु आउने गरेका थिए । तर अहिले भारतीय बजारमा सोझै यस्ता सामाग्रीहरु पाउन थालेपछि पशुपतिनगर बजार सुक्दै गएको हो । अर्को तर्फ कोरोनाले झन झन आक्रान्त बनाएको अवस्थामा व्यापारी पलायन रोक्न नै चुनौती रहेको सूर्योदय नगर उद्योग वाणिज्य संघका अध्यक्ष प्रमोद राईले बताउनुभयो । सरकारले लगाएको करिब १२० दिनको लकडाउनपछि अहिले देशभरका बजारहरु फाट्फुटट् खुले पनि पशुपतिनगर बजारमा भने धेरै जसो सटरहरुमा अझै पनि ताला नै लागेको छ । कोरानाको कहरपछि लगाइएको लकडाउन खुलेको झन्डै २ महिना वितेपनि धेरै जसो व्यवसायीहरु पशुपतिनगर बजारमा फर्कन सकेका छैनन् । कोरोनाका कारण सिमाका बजारहरु चल्न नसक्दा एकातर्फ व्यवसायीहरु पलायन भइरहेका छन् भने अर्को तर्फ सरकारले संकलन गर्ने राजस्वमा समेत कमी आएको छ । कोरोना विरुद्धको युद्धलाई चाडै अन्त्य नगर्ने हो भने मुलुकको व्यापार व्यवसाय अझै दशकौ पछाडि धकेलिने पक्का छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *