एजेन्सी २२ असोज
कोलकत्ता नाइट राइडर्सले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा तेस्रो जित निकालेको छ ।
आबुधाबीमा हिजो भएको खेमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई १० रनले पराजित गर्दै कोलकत्ताले तेस्रो जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको एकसय ७० रनको लक्ष्य पछ्याएको चेन्नाईले २० ओभरमा ५ विकेट गुमाएर एकसय ५७ रन मात्र बनाउन सक्यो । चेन्नईका सेन वाट्सनले ५० रनको अर्धशतकीय इनिङ्स खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । यस्तै अम्बाती रायडुले ३० रन जोड्दा फाप डु प्लेसिस र साम करनले १७÷१७ रन बनाए । कप्तान महेन्द्रसिंह धोनी ११ रनमा आउट भए । कोलकत्ताका शिवम माभी, भरुण चक्रवर्ती, कमलेस नगरकोटी, सुनिल नारिन र आन्द्रे रसेलले १÷१ विकेट लिए । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा अलआउट हुँदै एकसय ७० रन बनाएको थियो । कोलकत्ताका लागि राहुल त्रिपाठीले ५१ बलमा ८१ रनको अर्धशतकीय इनिङ्स खेले । अन्य खेलाडीले भने उलेख्य रन बनाउन सकेनन् । कप्तान दिनेश कार्तिक १२ रनमा आउट हुँदा पाट कुमिन्सले अविजित १७ रन जोडे । चेन्नईका ड्वान ब्राभोले ३ विकेट लिए । जितसँगै कलकत्ता लिगको तेस्रो स्थानमा उक्लिएको छ । कोलकत्ताले ५ खेलमा ६ अंक जोडेको छ । चेन्नईको यो तेस्रो हार हो । ६ खेलमा ४ अंक जोडेको चेन्नई पाँचौ स्थानमा छ ।