Saturday, January 18, 2025
Home > खेलकुद समाचार > इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित

एजेन्सी २५ असोज

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोयल च्यालेन्जर्स बेंग्लोरले चौथो जित निकालेको छ । हिजो राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हराउँदै बेंग्लोरले चौथो जित निकालेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बेग्लोरले दिएको एकसय ७० रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रन मात्र बनाउन सक्यो । चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले २० ओभरमा चारविकेट गुमाएर एकसय ६९ रन बनाएको थियो । बेंग्लोरका लागि कप्तान विराट कोहलीले अविजित रहँदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । जितसँगै बेंग्लोर तालिकाको चौथो स्थानमा उक्लिएको छ । बेंग्लोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौं स्थानको चेन्नईको यो पाँचौं हार हो । ७ खेलमा चेन्नईले ४ अंक मात्र जोडेको छ । यसअघि हिजै भएको खेलमा कोलकत्ता नाइट राइडर्सले किंग्स इलाभेन पञ्जाबलाई दुई रनले पराजित गरेको छ । जितसँगै कोलकत्ता ८ अंकसहित तालिकाको तेस्रो स्थानमा पुगेको छ भने २ अंक रहेको पञ्जाब पुछारमा छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *