Friday, November 22, 2024
Home > खेलकुद समाचार > आईपीएल क्रिकेटको हिजोको खेलमा चेन्नई सुपर किङ्स र मुम्बईको जित

आईपीएल क्रिकेटको हिजोको खेलमा चेन्नई सुपर किङ्स र मुम्बईको जित

एजेन्सी १९ असोज

साविकको उपविजेता चेन्नई सुपर किङ्सले युएईमा जारी १३ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा दोस्रो जित निकालेको छ । हिजो भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई १० विकेटले पराजित गर्दै चेन्नईले दोस्रो जित निकालेको हो । दुबई क्रिकेट मैदानमा पन्जाबले दिएको एकसय ७९ रनको लक्ष्य चेन्नईले १७ ओभर ४ बलमा बिना विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा फाप डु प्लेसिस र शेन वाट्सनले सानदार ब्याटिङ गरे । पहिलो विकेटकालागि प्लेसिस र वाट्सनले अविजित रहँदै १८१ रनको साझेदारी गरे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले २० ओभरमा ४ विकेट गुमाएर एकसय ७८ रन बनाएको थियो । जितसँगै चेन्नईले ५ खेलमा ४ अंक जोडेको छ । चेन्नई तालिकाको छैटौं स्थानमा उक्लिएको छ । पन्जाबले ५ खेलमा २ अंक जोडेको छ । पन्जाब पुछारमा छ । यसअघि हिजै भएको खेलमा मुम्बई इण्डियन्सले सनराइजर्स हैदराबादलाई ३४ रनले हरायो । मुम्बईले दिएको दुई सय नौ रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा सात विकेट गुमाएर एक सय ७४ रन मात्रै बनाउन सक्यो । जितसँगै ६ अंकका साथ मुम्बई शीर्ष स्थानमा पुगेको छ । हैदराबाद चार अंकसहित छैठौं स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *