Saturday, January 18, 2025
Home > मुख्य समाचार > आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने प्रदेश–१ सरकारको तयारी

आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने प्रदेश–१ सरकारको तयारी

बिराटनगर २४ असोज

प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईले आइसोलेसन सेन्टरहरुमा आइसियुु तथा अक्सिजन प्लान्टसहितको सेवा सञ्चालन गर्ने तयारीमा प्रदेश सरकार रहेको बताउनुुभएको छ ।विराटनगर–१२ मा हिजोदेखि सञ्चालनमा आएको कोभिड–१९ आइसोलेसन केन्द्रको उद्घाटन गर्नुुहुुँदै उहाँले दिन प्रतिदिन बढिरहेको कोभिड संक्रमतिहरुको उपचारका लागि कोभिड अस्पतालहरुले मात्र धान्न नसक्ने भन्दै त्यसका लागि आइसोलेसन केन्द्रहरु स्वास्थ्य उपचारसहितको पबन्ध मिलाउने व्यवस्था गर्न लागिएको बताउनुुभयो । उहाँले विराटनगरमा एक हजार बेडको आइसोलेसन बनाउने घोषणा प्रदेश सरकारले गरिसकेको भन्दै त्यसका लागि निजी क्षेत्रहरुको सहयोग आवश्यक रहेको बताउनुुभयो । कोभिड महामारी नियन्त्रण एवं रोकथामका लागि तीनै तहको सरकारले हरसम्भव प्रयास गरिरहेको भन्दै उहाँले सक्रमण रोकथाम तथा नियन्त्रणका लागि संघसंस्थाहरुको सहयोग आवश्यक रहेकोमा जोड दिनुुभयो । मुुख्यमन्त्री राईले नेपालीको महान चाड आउन लागेको भन्दै स्वास्थ्य सावधानी अपनाउन सबैलाई आग्रह गर्नुुभयो । सामाजिक विकासमन्त्री जीवन घिमिरेले चाडपर्वमा हुुने भेघघाट र आवतजावतका कारण संक्रमण बढ्न सक्ने भन्दै त्यसतर्फ ध्यान दिन सबैलाई आग्रह गर्नुभयो । कोभिड संक्रमितहरुको सहज उपचारका लागि उपचार कक्षको व्यवस्था गर्न प्रदेश सरकारले प्रक्रिया अघि बढाइसकेको उल्लेख गर्नुुभयो । विराटनगर महानगरपालिकाकी उपमेयर इन्दिरा कार्की तथा प्रदेस नम्बर १ का प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले आइसोलेसनभन्दा पनि आइसियुु र भेन्टिलेटरसहितको उपचार केन्द्र बनाउनुुपर्नेमा जोड दिनुुभयो । कार्यक्रममा लायन्स क्लबका जीएसटी मल्टिपल कोअर्डिनेटर अनन्तप्रसाद भेटवाल, लायन्स क्लब अन्तर्राष्ट्रिय ३ सय २५ ए वानका डिष्ट्रिक गभर्नर टंकवहादुुर श्रेष्ठ, मल्टिपल चियर पर्सन लीला ढुंगेल, लायन्स क्लोथ बैंकका प्रमुुख भविसकुमार श्रेष्ठलगायतले कोभिड नियन्त्रणका लागि सबैको सहयोग अपरिहार्य रहेकोमा जोड दिनुुभयो । विराटनगर–१२ मा सामाजिक विकास मन्त्रालय, लायन्स क्लब अन्तर्राष्ट्रिय ३ सय २५ ए–वान सहित विभिन्न लायन्स क्लब र दाताहरुको सहयोगमा ३० बेडको आइसोलेसन केन्द्र सञ्चालनमा ल्याइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *