Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अस्पतालले उचित क्षतीपुर्तीको ब्यवस्था गरे पछि सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझे

अस्पतालले उचित क्षतीपुर्तीको ब्यवस्था गरे पछि सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझे

बिराटनगर ३० असोज
विराटनगरस्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएकी सोलुखुम्बु नोचासल्यान ४ की ३५ बर्षिय तारादेवी भट्टराईको शव आफ्न्तले बुझेका छन । असोज २७ गते उनको मृत्यु भएपनि चिकित्सकको लापरवाहीका कारण उनको मृत्यु भएको भन्दै आफ्न्तले शव बुझ्न मानेका थिएनन । शल्यक्रियाको क्रममा चिकित्सकले लापरवाही गरेको भन्दै मृतक पक्ष क्षतिपुर्ति सहित विभिन्न माग राखी आन्दोलनमा उत्रिएका थिए । अस्पताल पक्षले मृतकको उपचारमा लागेको सम्पुर्ण खर्च सहित क्रियाखर्च समेत दिएपछि आफुहरुले हिजो अपरान्ह शव बुझेको मृतकका आफ्न्त राजन धमलाले जानकारी दिनुभयो । उपचारका लागि एकहप्ता अगाडि नै बिराटनगर आएपनि पिसिआर परीक्षण गराएर आइतबार अस्पताल भर्ना भएकी भट्टराईको सोमबार डा. शान्ति सुवेदीको नेतृत्वमा शल्यक्रिया गरिएको थियो । ट्युमरको शल्यक्रिया गर्दा आन्द्रा काटिएर बिरामीको मृत्युु भएको आफन्तको दाबी गर्दै आएका छन । मृतकका आफ्न्तले लापरवाही गर्ने डाक्टरलाई कारवाहीको माग राख्दै शव नबुझ्ने अडान लिदै आएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *