Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु

काठमाण्डौ २२ असोज
अमेरिका, बेलायत र दक्षिण अफ्रिकाका लागि प्रस्तावित राजदूतहरुको सुनुवाई प्रक्रिया सुरु भएको छ ।
संसदीय समितिले प्रक्रिया सुरु गर्दै प्रस्तावित राजदूतहरुविरुद्ध १० दिने उजुरी आह्वान गरेको छ । हिजो बसेको समिति बैठकले आजदेखि लागू हुनेगरी अमेरिकाकालागि प्रस्तावित राजदूत डा. युवराज खतिवडा, बेलायतकालागि प्रस्तावित राजदूत पूर्व मुख्यसचिव लोकदर्शन रेग्मी र दक्षिण अफ्रिाकाका लागि प्रस्तावित राजदूत डा. निर्मलकुमार विश्वकर्मा विरुद्ध उजुरी आह्वान गरेको हो । संसदीय समितिो कार्यविधि २०७५ को दफ १२ बमोजिम उजुरी आह्वान गरिएको समिति सभापति लक्ष्मणलाल कर्णले बताउनुभयो । खतिवडालाई अमेरिकाका लागि आवासीय र अमेरिकाको अलावा पनामा, कोष्टारिका, मेक्सिको, आल्साबाडोर, होन्डुरस र ग्वान्टेमालका लागि राजदूतमा नियुक्तिकालागि सिफारिस गरिएको छ । यस्तै पूर्वमुख्यसचिव रेग्मीलाई बेलायतका लागि आवासीय र गणतन्त्र आयरल्याण्ड र गणतन्त्र माल्टाका लागि गैरआवासीय राजदूतका लागि सिफारिस गर्ने निर्णय सरकारले गरेको थियो । त्यस्तै डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि आवासीय राजदूत र वोत्सुवाना, केन्थ्या, कंगो, तान्जानीया, जाम्भीया, जिम्भावे, ज्ञावेनलगायतका देशका लागि ग्रैरआवसीय राजदूत पदमा नियुक्त गर्न सिफरिस गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *