Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि इलामका २ स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना

अपराध नियन्त्रण र सीमा सुरक्षाका लागि इलामका २ स्थानमा सीमा सुरक्षा पोष्ट स्थापना

इलाम १९ भाद्र

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण र सीमानाको सुरक्षाका लागि इलामका २ स्थानमा सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापना गरिएको छ । इलामको नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नितिअनुसार सुरक्षा पोष्ट स्थापनापछि स्थानीयमा खुसियाली भएका छन् । सशस्त्र प्रहरीको सीमा सुरक्षा पोष्ट स्थापनापछि रोङ गाउँपालिका ६ का कुमार मोक्तानले आफु सुरक्षित भएको अनुभूति सुनाए । भारतसँग सीमा जोडिएको सलकपुर क्षेत्रमा चोरी तस्करी र अपराधिक घटनाबाट त्रसित भएका जनता शसस्त्र प्रहरीको उपस्थितिसँगै खुसि देखिन्छन् । सरकारले सीमा क्षेत्रमा हुने अपराधिक गतिविधि र सीमाना सुरक्षाका लागि सीमा सुरक्षा पोष्ट राख्ने निर्णयपछि इलाममा २ वटा सीमा सुरक्षा पोष्ट थपिएका हुन् । इलामको रोङ गाउँपालिको सलकपुर र सूर्योदय नगरपालिकाको समाल्बुङमा सुरक्षा पोष्ट राखिएसँगै शान्ति सुरक्षामा सदृढ हुने जनप्रनिधिले विश्वास लिएका छन् ।
शसस्त्र प्रहरीको २ वटा पोष्ट थपिएसँगै इलामको सीमा क्षेत्रमा ३ वटा सीमा सुरक्षा पोष्ट भएका छन् । एक वर्षअघि सीमा क्षेत्रको पशुपतिनगरमा सरकारले सीमा सुरक्षा पोष्ट स्थापना गरिएको थियो । नेपाल भारत सीमा क्षेत्रको साढे ५२ किलोमिटरमा ७ वटा सीमा सुरक्षा पोष्ट स्थापना गर्ने नीतिअनुसार बिओपि स्थापनाको काम गरिएको प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले बताउनुभयो । सिमित साधन स्रोत भए पनि सरकारको निर्णयअनुसार सबै स्थानमा सुरक्षा पोष्ट स्थापना गर्ने शसस्त्र प्रहरी बल प्रदेश एकका बाहिनिपति बंशीराज दाहालले बताउनुभयो । इलामको पशुपतिनगर, छब्बिसे, समाल्बुङ, सकलकपुर, कालपोखरी, जौबारी र मानेभञ्ज्याङमा सीमा सुरक्षा पोष्ट राख्ने सरकारी निर्णय छ । त्यस्तै पाँचथर र झापाका बिभिन्न स्थानमा समेत बिओपी राख्ने तयारी भइरहेको बताइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *