Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > अन्य रोगका विरामीहरुले उपचार काहा गर्ने

अन्य रोगका विरामीहरुले उपचार काहा गर्ने

काठमाण्डौ २९ भाद्र
सरकारी अस्पतालहरु कोभिड अस्पतालको रुपमा सञ्चालन भएपछि अन्य रोगका विरामीहरुको उपचारमा समस्या देखिएको छ । कोरोना संक्रमणको दर बढेसँगै सरकारी अस्पतालहरुमा कोभिडका विरामी र अन्य रोगका विरामीहरुको चाप पनि बढ्दै गएको छ । कोभिडका विरामीहरुको उपचारले अस्पतालहरुमा प्राथमिकता पाएपछि अन्य रोगका विरामीहरुको उपचारमा भने समस्या भएको हो । संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तरगतको उपसमितिले हिजो त्रिवि शिक्षण अस्पतालमा गरेको अनुगमनले अन्य रोगका विरामीहरु उपचार सेवाबाट बञ्चित भएको पाइएको हो । हिजोआज अस्पतालमा कोभिडका लक्षण भएका विरामीहरुको संख्या बढी भएको त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. दिनेश काफ्लेले बताउनुभयो । जनशक्तिको अभाव र व्यवस्थापकिय प्रवन्धका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको उहाँले बताउनुभयो । उहाँले कुनै संक्रमितको मृत्यु भएमा शव व्यवस्थापनमा पनि समस्या देखिएको बताउनुभयो । शिक्षण अस्पतालमा आत्महत्या, दुर्घटनामा निधन भएका लगायत अन्य पोष्टमार्टन गर्नुपर्ने केसहरु समेत आउने गरेका छन । सरकारी र बढी सेवा सुविधा पाइने कारण आम सर्वसाधारणको रोजाइ बन्ने गरेको शिक्षण अस्पतालमा अहिले सेवाग्राहीको संख्या कम हुँदा आयस्रोत पनि खस्किँदै गएको छ । अनुगमन पछि उपसमिति संयोजक जीवनराम श्रेष्ठले कोभिडका कारण अन्य रोगका विरामीहरुको उपचारमा समस्या भएको जानकारी आफुहरुले पाएको बताउनुभयो । शिक्षण अस्पतालमा अन्य रोगका विरामीहरुको संख्या न्यून हुँदा मेडिकल शिक्षाका विभिन्न विधा पढ्दै गरेका विद्यार्थीहरुको पढाइमा समेत समस्या देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *