Saturday, January 18, 2025
Home > मुख्य समाचार > अनावश्यक रुपमा घर घरमा अक्सिजन ग्यासका सिलिन्डर भण्डारण गरी राख्दा प्रदेश १ मा ग्यास सिलिण्डरको अभाव

अनावश्यक रुपमा घर घरमा अक्सिजन ग्यासका सिलिन्डर भण्डारण गरी राख्दा प्रदेश १ मा ग्यास सिलिण्डरको अभाव

मोरङ ३० कात्तिक
प्रदेश १ मा अक्सिजन ग्यासको खपत अध्याधिक बृद्धि भएपछि उत्पादक कम्पनीहरुले बजारको माग धान्न सकेका छैनन । कोरोना संक्रमण ह्वात्तै बढेपछि संक्रमितहरुको स्वासप्रस्वास समस्या समाधानमा प्रयोगहुने अक्सिजनको माग आकाशिएको छ । खपतमा बृद्धि भएपछि अक्सिजनको मागपुर्ति गर्न उत्पादक कम्पनीहरुलाई यतिवेला सकस भएको छ । दिनरात उत्पादन गर्दा पनि माग पूरा गर्न नसकिरहेको अक्सिजन उत्पादन गर्ने उद्योगहरुले बताएका छन् । कोभिड महामारी अघि भन्दातिन गुणाले माग बढेको उनीहरु बताएका छन् । पहिलाको तुलनामा अस्पतालहरुमा अक्सिजनको माग अत्याधिक बढेको हिमाल अक्सिजन प्रा.लिका व्यवस्थापक केदार श्रेष्ठले बताउनुभयो । प्रदेश १ मा पाँच वटा अक्सिजन उत्पादन गर्ने कम्पनी छन । यि कम्पनीहरुले औषत रुपमा दैनिक करिब ४५ हजार सिलिन्डर अक्सिजन उत्पादन गरेर बजारमा पठाउने गरेका छन । ति कम्पनीहरुले आवश्यकता अनुशार जति पनि अक्सिजन उत्पादन गर्न सक्ने भएपनि सिलिन्डरको अभावमा उनीहरुले सिमित अक्सिजन मात्रै उत्पादन गरिरहेका छन । तर उपभोक्ताले खालिभएका सिलिन्डर फ्याक्ट्रीमा उपलब्ध गराउन ढिलो गर्दा थप समस्या भईरहेको छ । चीनबाट एक कन्टेनर सिलिण्डर मगाउन १ करोड ५० लाख पर्ने उनीहरु बताउछन् । उद्योगीहरुले केही अवधिका लागि मात्र अक्सिजन सिलिन्डर खरिद गर्न नसक्ने बताउछन । पछिल्लो समय अक्सिजन सिलिण्डर खोज्न आउनेहरुलाई पनि अन्यत्र पठाउनु पर्ने अवस्था रहेको विनायक अक्सिजन प्रा.लि.की प्रवक्ता तारा अधिकारीको भनाई छ । कोरोना संक्रमित भएका सर्वसाधारणले घर–घरमा अक्सिजनका सिलिन्डर जोहो गरेर राख्न थाले पछि अक्सिजनको माग बढेसँगै बजारमा अभाव देखिएको छ । कोरोना संक्रमितहरुले अक्सिजनलाई आफ्नो जिवन संग जोडेर हेर्ने गरेका छन । तर अन्य बेलाको भन्दा कोरोनाको महामारीले भयावह रुप लिएको बेला स्वासप्रस्वास समस्याको विरामी आउने क्रम बढे सँगै अक्सिजनको आवश्यकता बढेको कोशी अस्पताल इमेजेन्सि वार्डका चिकित्सक रघुनन्द अधिकारीको भनाई छ । उद्योगहरुले अक्सिजनको लागि नयाँ सिलिण्डर चीबाट मगाउने गरेका छन् । सिलिण्डर मगाएपनि आइपुग्न तिन चार महिना लाग्ने भएकोले उद्योगीहरुले त्यतातर्फ लगानी गरिरहेको पाईदैन । त्यसैले अनावश्यक रुपमा घरमा राखिएका अक्सिजनका सिलिन्डर कम्पनीहरुलाई बुझाईदिए आवश्यक पर्नेले अक्सिनकै अभावले ज्यान गुमाउने पर्ने थिएन कि ? मकालु समाचारका लागि विराटनगरबाट पदमकुमार सरदारको रिपोर्ट ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *