Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > अजरबैजान र अर्मेनियाबीच युद्धबिरामको सम्झौता

अजरबैजान र अर्मेनियाबीच युद्धबिरामको सम्झौता

एजेन्सी २५ असोज
अजरबैजान र अर्मेनियाबीच युद्धबिरामको सम्झौता भएको छ ।
रुसको मस्कोमा १० घण्टासम्म भएको वार्तापछि युद्धबिरामको सहमति भएको रुसी विदेशमन्त्री सेर्गेई लाभरोभले बताउनुभयो । समस्या समाधानका लागि अब दुई मुलुकले ठोस वार्ता गर्ने भएका छन् । दशकौंदेखि भूमीसम्बन्धी विवाद खेप्दै आएका दुई मुलुकबीच पछिल्लो समय सेप्टेम्बर २७ मा युद्ध भड्किएको थियो । युद्ध भड्कनुमा उनीहरुले एक अर्कालाई दोषारोपण गर्दै आएका छन् । हिमाली क्षेत्र नोगोर्नाे काराबाख क्षेत्रलाई लिएर पछिल्लो समय भएको युद्धको करिब ४ सय जनाले ज्यान गुमाएका छन् । युद्ध बढ्दै गएपछि त्यसको अन्त्यको पहलस्वरुप रुसले मध्यस्थता गरेको हो । अर्मेनियामा रुसको सैन्य आधारशिविर छ र दुवै मुलुक साझा सुरक्षा सन्धी संगठनको सदस्य राष्ट्र हुन । रुसको अजरबैजानसँग पनि सुमधुर सम्बन्ध छ । विवादास्पद नागोर्नाे काराबाख क्षेत्र अजरबैजानको भएपनि अर्मेनियाको जातीय समूहको नियन्त्रणमा छ । यसअघि सन् १९९१ देखि १९९४ सम्म भएको दुई मुलुकबीचको युद्धमा करिब ३० हजार जनाको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *