Saturday, January 18, 2025
Home > मुख्य समाचार > २० हजार लिटर डिजल बोकेको आयल निगमको ट्यांकर बाटोबाटै ‘गायब’

२० हजार लिटर डिजल बोकेको आयल निगमको ट्यांकर बाटोबाटै ‘गायब’

नेपाल आयल निगमको अमलेखगन्ज डिपोबाट डिजेल लोड गरेर विराटनगर गइरहेको ट्यांकर बीच बाटोबाट गायब भएको छ ।

आइतबार दिउँसो २ बजे २० किलोलिटर डिजल लोड गरेर विराटनगरतर्फ आउदै गरेको ना ४ ख ४१६३ नम्बरको ट्यांकर लहानबाट गायब भएको ढुवानीकर्ताले आयाल निगमलाई जानकारी गराएका छन् । ढुवानीकर्ता राजेशकुमार गुप्ताले डिजेल बोकेको ट्यांकर अपहरणमा परेको लिखित जानकारी निगमलाई आज बिहान १० बजे गराएका थिए । अपहरणकारीहरुले चालक रामदेव यादव र सह–चालक उमेश यादवलाई छाडेर ट्यांकरसँगै लगेको गुप्ताको दाबी छ । उक्त ट्यांकर आइतबार राति लाहान पुगेको र विश्राम गर्नका लागि राजमार्गको हुलाक अफिस अगाडि पार्किङ गरिएकै स्थानबाट अज्ञात समूहले लगेका हुन । गुप्ताका अनुसार चालक र सहचालकहरुलाई ६ देखि ८ जनाको समूहमा आएका अज्ञात व्यक्तिहरुले आँखामा पट्टी बाँधेर बर्दिवास र लालबन्दीको बीचमा पर्ने जंगलमा र्पुयाएर छाडेको र ट्यांकर भने उनीहरुले आफैँसँग लगेका छन । आयल निगमका प्रवक्ता वीरेन्द्र गोइतले ढुवानीकर्ताले ट्यांकर गायब भएको कुरा निगमलाई जानकारी गराएको पुष्टि गरेका छन् । उनले घटनाबारे छानबिन गर्नका लागि सुरक्षा निकायसँग समन्वय भइरहेको बताए । यसैविच नेपाल आयाल निगमले ट्याकंर अपहरण प्रकरण छानबिन गर्न विराटनगर डिपो प्रमुख अशोक साहको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *