Saturday, January 18, 2025
Home > मुख्य समाचार > २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ जनाको मृत्यु

२०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ जनाको मृत्यु

चितवन । चितवनका विभिन्न स्थानमा २०७५ सालमा भएका सवारी दुर्घटनाका कारण १ सय ५५ ले ज्यान गुमाएका छन् । दुर्घटनामा परी २ सय ३५ जना गम्भीर घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार गत वर्ष ३०६ वटा दुर्घटना भएका थिए । अघिल्लो वर्ष २०७४ को तुलनामा चितवनमा दुर्घटना, मृतक र घाइतेको संख्या बढेको छ । कार्यालयका अनुसार अघिल्लो वर्ष २ सय ८९ दुर्घटनामा १ सय ३० को मृत्यु भएको थियो भने २ सय २३ गम्भीर घाइते भएका थिए । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीले अत्याधिक सवारी चाप बढेका कारण दुर्घटना बढेको बताउनुभयो । चोक चोकमा प्रहरी जनशक्ति परिचालन गर्न नसक्नु र प्रविधिको अभावका कारण दुर्घटना न्यूनीकरण गर्न नसकिएको प्रहरीको भनाइ छ । देशकै मध्यभागमा पर्ने यस जिल्लामा पूर्वपश्चिम राजमार्गसँगै पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिन सडकखण्डमा सवारीको निकै चाप हुने गर्दछ । ग्रामीण क्षेत्रमा पक्की सडक बनेसँगै युवा तन्नेरीले मोटरसाइकल र गाडी तीव्र गतिमा चलाउँदा दुर्घटना बढ्दै गएको प्रहरीको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *