Saturday, January 18, 2025
Home > मुख्य समाचार > १ नम्बर प्रदेश सरकारद्धारा मानसिक रोगीहरुको उद्धार कार्य सुरु

१ नम्बर प्रदेश सरकारद्धारा मानसिक रोगीहरुको उद्धार कार्य सुरु

विराटनगर । प्रदेश १ सरकारले प्रदेश भरिका मानसिक समस्या भएका मानिसहरुको उद्धार कार्य थालेको छ ।

सामाजिक विकास मन्त्री जीवन घिमिरेले प्रदेश नं. १ लाई सडक मानव रहित प्रदेश वनाउने योजनाका साथ मानसिक सन्तुलन गुमाएकाहरुको उद्धार कार्य थालेको बताउनु भयो । उहाँले मानसिक रोगीहरु मध्येबाट महिलाहरुको हकमा हिंसा साथै यौन हिंसाका घटनाहरु बढी हुने भएकाले पहिलो चरणमा मानसिक सन्तुलन गुमाएका महिलाहरुको उद्धार गरिने र त्यसपछि मानसिक सन्तुलन गुमाएका पुरुषहरुको पनि उद्धार गरिने जानकारी दिनु भयो । प्रदेश सरकारले सडक वालवालिकाहरु र सडकमा मागेर वस्ने मानिसहरुको पनि उद्धार गर्ने योजना बनाएको मन्त्री घिमीरेले जानकारी दिनुभयो । उहाँले कुनै पनि बहानामा सडकमा मानिसलाई बस्न नदिने अभियान प्रदेश सरकारले बनाएको बताउनुभयो ।  उद्धार गरिएकाहरुलाई विराटनगरमा स्थापना गरिएको मानव सेवा आश्रममा राखिने छ । प्रदेश सरकारले थालेको अभियानमा परिवार आफन्त नातागोता नभएकाहरुलाई उद्धार गर्ने र उनीहरुको अवस्था हेरेर उपचार गर्ने योजना रहेको छ । विराटनगरमा विस्तार गरिएको मानव सेवा आश्रममा भोजपुरबाट उद्धार गरिएकी महिला र उनको बच्चासहित ३ जनालाई राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *