Saturday, January 18, 2025
Home > मुख्य समाचार > १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु

१ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु

विराटनगर, ३० पुष । प्रदेश सरकारले १ नम्बर प्रदेशलाई खुल्ला प्लाष्टिक मुक्त बनाउने तयारी सुरु गरेको छ ।

१ नम्बर प्रदेशका उद्योग, वन तथा पर्यटनमन्त्री जगदीश कुसियतले खुल्ला प्लाष्टिक मुक्त बनाउनका लागि तयारी सुरु गरिएको बताउनुभयो । वातावरण विज्ञान केन्द्रीय विभाग, वन तथा वातावरण मन्त्रालयलगायतका संस्थाहरुको आयोजनामा भएको प्रदेश नम्बर १ स्तरीय कार्यक्रममा बोल्दै कुसियतले प्लाष्टिकमुक्त प्रदेश बनाउने योजनाअनुसार काम भैरहेको बताउनुभएको हो ।

उहाँले प्रदेश नम्बर १ अन्य प्रदेशको तुलनामा हरियाली र स्वच्छ प्रदेश रहेको पनि बताउनुभयो । यस्तै कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै वातावरण विभागका निरीक्षक विष्णु पाण्डेले भूमि, जल, वायु प्रदूषण हुन नदिने नीति लिई महाअभियानले काम गरिरहेको बताउनुभएको थियो । उहाँले कतिपय स्थानीय तहले फोहर व्यवस्थापन गर्न नसकेको बताउँदै व्यवस्थापन भएका स्थानीय तहको सिको गरेर अगाडि बढ्न पनि महाअभियानले काम गर्ने बताउनुभयो । कार्यक्रममा डाक्टर मनकुमार धमला, डाक्टर मदन कोइराला, रामचन्द्र अधिकारी लगायतले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *