Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > १९ हजार किलो आलु बेचेर ४ सय ९० रुपैयाँ हात परेपछि भारतका किसानले यसो गरे

१९ हजार किलो आलु बेचेर ४ सय ९० रुपैयाँ हात परेपछि भारतका किसानले यसो गरे

एजेन्सी । भारतीय किसानहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई ४ सय ९० भारतीय रुपैयाँ पठाएका छन ।

भारतको उत्तर प्रदेशका किसानहरुले १९ हजार किलो आलु बेचेर ४ सय ९० भारतीय रुपैयाँ प्राप्त गरेका थिए । त्यसबाट निराश भएका उनीहरुले आलु बेचेर कमाएको सबै रकम मनि अर्डरमार्फत मोदीलाई पठाएको भारतीयसन्चार माध्यामले जनाएका छन । उत्तर प्रदेशको नगला नाथू गाउँका किसानहरुले कृषि विभागमा व्यापक भ्रष्टाचार भएको आरोप समेत लगाएका छन । सरकारले कृषकहरुको आय वृद्धि गर्ने बताएपनि कृषि विभागमा भएको भ्रष्टाचारका कारण किसानका लागि आएको कल्याण योजना र बीमा योजना सफल हुन नसकेको किसानहरुले बताएका छन । गत डिसेम्बरमा पनि महाराष्ट्रका किसानहरुले ७ सय ५० किलो प्याज बेचेर आएको १ हजार ६४ भारतीय रुपैयाँ नरेन्द्र मोदीलाई पठाएका थिए । किसानहरुले मोदी सरकार किसानहरुको समस्याप्रति सचेत नभएको आरोप लगाउँदै आएको छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *