Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

१५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न

जनकपुर, ७ चैत्र । १५ दिने मिथिला मध्यमा परिक्रमा आज सम्पन्न भएको छ ।

सो परिक्रमाको अन्तिम दिन बुधवार परिक्रमा आएको थियो । आज जनकपुर नगरको चारैतिर परिक्रमा गरेर सम्पन्न भएको छ । परिक्रमामा १० लाखभन्दा बढीको सहभागिता थियो । परिक्रमामा मिथिला विहारी र किशोरीजीको डोलासँगै जनकपुर क्षेत्रको धार्मिक स्थलहरूको परिक्रमा गर्ने चलन छ । मिथिला विहारीको डोला र किशोरीजीको डोलासँगै जनकपुरका हरेक मन्दिरको छुट्टाछट्टै डोला रहने गर्छ । परिक्रमाको नेतृत्व दुई मन्दिरले वर्षौंदेखि गर्दै आएको किशोरीजी डोलाका महन्थ नवलकिशोर शरणले बताउनुभयो । दुई साताअघि जनकपरको हनुमान नगरबाट परिक्रमा सुरु भएको थियो । नेपालतर्फ १०७ र भारततर्फ २३ किलोमिटर पैदल घुम्ने परम्परा रहिआएको छ । परिक्रममा सहभागी हुँदा १०८ तीर्थस्थलबराबरको फल प्राप्त हुने जनविश्वास छ । परिक्रमामा सहभागीका लागि विभिन्न समाजिक संघसंस्थाले निःशुल्क भोजन र स्वास्थ्य शिविरको व्यवस्था गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *