Saturday, January 18, 2025
Home > खेलकुद समाचार > १३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै

१३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै

१३ औं दक्षिण एसियाली खेलकुद सागको पदक तालिकामा नेपालको दोस्रो स्थान कायमै रहेको छ ।

नेपालले स्वर्णपदकको संख्या ४३ र्पुयाएको छ । आज एथलेक्टिसमा किरण सिंह बोगटी र कुस्तीमा संगीता धामीले स्वर्णपदक जितेसँगै स्वर्णको संख्या ४३ पुगेको हो । भारत ८९ स्वर्णसहित शीर्ष स्थानमा छ । तेस्रो स्थानको श्रीलंकाको २९, चौथो स्थानको पाकिस्तानको २०, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको १ स्वर्ण रहेको छ भने पुछारको भुटानका ५ वटा कास्यपदक रहेका छन् । आज कुस्तीमा नेपालकी संगीता धामीले स्वर्ण जितेकी हुन । ५५ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी उनले बंगलादेशकी सकिरा सरकाररिनेलाई ४—१ ले हराउँदै स्वर्ण जितेकी हुन् । सागको कुस्तीमा नेपालले जितेको यो नै पहिलो स्वर्ण हो । यसअघि हिजो नेपालले एक रजत र तीन कास्यपदक जितेको थियो । यस्तै एथ्लेटिक्सको म्याराथनमा नेपालले स्वर्णपदक जितेको छ । आजै भएको खेलमा नेपालले २४ वर्षपछि म्याराथनतर्फ स्वर्णपदक हात पारेको हो । दशरथ रंगशालामा भएको म्याराथनमा नेपालका किरण बोगटीले स्वर्णपदक जितेका हुन् । किरणले २ घण्टा २१ मिनेट १७ सेकेण्डको समयमा निर्धारित दूरी पूरा गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *