Saturday, January 18, 2025
Home > खेलकुद समाचार > १३ औँ दक्षिण एसियाली खेलकुद (साग) समापन

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) समापन

१० दिनसम्म चलेको १३औँ दक्षिण एसियाली खेलकुद (साग) आज समापन भएको छ ।

१३औँ संस्करणमा नेपालले ऐतिहासिक नतिजा निकाल्दै ५१ वटा स्वर्ण जित्न सफल भएको छ । यसअघिका सागमा नेपालले यतिको संख्यामा स्वर्ण जितेको थिएन । १३औँ सागमा पहिलो पटक २७ वटा खेल समावेश भएका थिए । आयोजक नेपालले सबै खेलहरुमा प्रतिस्पर्धा गरेको थियो । भारतले २४ वटा खेलमा मात्रै सहभागिता जनाएको थियो । पौडीमा गौरिका सिंहले एउटै संस्करणमा धेरै वटा स्वर्ण जित्ने पहिलो नेपाली खेलाडी बन्दै कीर्तिमान राखिन । १३औँ सागमा गौरिकाले ४ स्वर्ण र २,२ वटा रजत र कांस्य जितिन । नेपालले सबैभन्दा बढी स्वर्ण तेक्वान्दो जित्यो । तेक्वान्दोमा १२ वटा स्वर्ण र जुडोमा १० वटा स्वर्ण जितेको छ । यस्तै,नेपालले ६० रजत र ९६ कांस्य गरी कूल २ सय ६ वटा पदक जित्यो । भारतले १७४ वटा स्वर्ण, ९३ रजत र ४५ कांस्य सहित कुल ३१२ वटा पदक जित्यो । श्रीलंकाले ४० स्वर्ण, ८३ रजत र १२८ वटा कांस्यसहित २५१ वटा पदक जित्यो। पाकिस्तानले ३१ स्वर्ण, ४१ रजत र ५९ वटा कांस्य, बंगलादेशले १९ स्वर्ण, ३२ रजत र ८७ कांस्य, माल्दिभ्सले १ स्वर्ण र ४ वटा कांस्य जित्यो । भुटानले ७ रजत र १३ वटा कांस्य जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *