Saturday, January 18, 2025
Home > मुख्य समाचार > १२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन चासो

१२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन चासो

१२ वर्षअगाडि बन्द भएको मेघौली विमानस्थल चलाउन सरोकारवालाहरुले चासो देखाएका छन् ।

भरतपुरबाट २५ किलोमिटर पश्चिममा रहेको मेघौली विमानस्थल साना जहाजहरु अवतरण गर्न सकिने भए पनि यसलाई विकल्पका रुपमा पनि सञ्चालनमा ल्याउन सकिएको छैन । भरतपुर विमानस्थलको धावनमार्ग मर्मत गर्न १० दिनभन्दा बढी भरतपुर विमानस्थल बन्द हुदा मेघौलीको महत्व देखिएको हो । प्रदेश ३ का सांसद कृष्ण भुर्तेलले भरतपुर विमानस्थल बन्द हुँदा मेघौलीमा जहाज ल्याएर बानी पार्नुपर्ने बताउनुभयो । यसमा सबैभन्दा पहिला विमान कम्पनी सकारात्मक हुनुपर्ने उहाँको भनाइ छ । भरतपुर विमानस्थलको धावनमार्ग भन्दा मेघौलीको २०० मिटर लम्बाइ कम छ । भरतपुर विमानस्थलका प्रमुख पवन गौतमले मेघौलीको विमानस्थलमा घाँसेमैदान भएकाले साना जहाजमात्र अवतरण हुन सक्ने बताउनुभयो । बाह्र वर्षअगाडि टाइगर टप्स रिसोर्ट सञ्चालन हँुदा सो विमानस्थलमा जहाज आउने गरेका थिए । मेघौली क्षेत्रमा स्टार तहका होटलहरु चारवटा रहेका छन् । निकुञ्जको जगल सफारी, नारायणी राप्ती नदीको सङ्गमस्थलबाट सूर्यास्त सोही स्थानबाट देख्न सकिन्छ । यहीँबाट एकसिङ्गे गैँडा, पाटेबाघ, जङ्गली जनावर सजिलै देख्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *