Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको मुख्यमन्त्री राईको भनाइ

हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको मुख्यमन्त्री राईको भनाइ

विराटनगर । प्रदेश न १ का मुख्यमंत्री शेरधन राईले प्रदेश नम्बर १ लाई हिंसामुक्त प्रदेश बनाउने अभियानमा प्रदेश सरकार लागेको बताउनुभएको छ ।

राष्ट्रिय मानवअधिकार आयोग र नेपाल प्रहरीको संयुक्त आयोजनामा विराटनगरमा आज आयोजना गरिएको महिला हिंसा न्यूनीकरण तथा मानवअधिकार संरक्षण एवं सुरक्षामा नेपाल प्रहरीको जवाफदेहियता विषयक कार्यक्रमा बोल्दै उहाँले महिला हिंसालगायत सबै प्रकारको अपराधबाट प्रदेशलाई मुक्त बनाउने बताउनुभयो । विकास र समृद्धिको पहिलो शर्त शान्ति सुरक्षा र सुशासन भएकाले महिला हिंसा न्यूनीकरण सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो । उहाँले प्रदेशको आगामी नीति तथा कार्यक्रममा सरकारले प्रदेश नम्बर १ मा एउटा पुनःस्थापना केन्द्र स्थापना गर्ने लक्ष्य लिएको बताउनुभयो ।
मुख्यमंत्री राईले हिंसापीडितको उचित वसोवासका लागि पुनःस्थापना केन्द्र आवश्यक रहेकोमा जोड दिनुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले सबै प्रकारको हिंसालाई अन्त्य गर्दै मुलुकमा सुशासन कायम गर्न नेपाल प्रहरीले कार्य गरिरहेको बताउनुभयो । उहाँले प्रहरीले गरेको काममा नागरिक समाजले सहयोग पुर्याउनुपर्ने बताउनुभयो । कार्यक्रमा प्रदेश न १ का मुख्यन्याधिवक्ता चूडामणि आचार्यले महिला हिंसा न्यूनीकरणमा जोड दिनुभयो । कार्यक्रमा प्रदेश न १ अन्तर्गत १४ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा प्रमुखहरुको सहभागिता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *