Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > हावाहुरी पीडितहरुलाई १ नम्बर प्रदेश सरकारले एककरोड रुपैयाँ दिने

हावाहुरी पीडितहरुलाई १ नम्बर प्रदेश सरकारले एककरोड रुपैयाँ दिने

विराटनगर । बारा र पर्सामा केहीदिन अघि आएको हावाहुरी पीडितहरुलाई राहत प्रदान गर्न १ नम्बर प्रदेश सरकारले एककरोड रुपैयाँ दिने निर्णय गरेको छ ।

हिजो साँझ बसेको प्रदेश सरकारको बैठकले एककरोड रुपैयाँ दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयले जनाएको छ । सो रकम २ नम्बर प्रदेशको राहत तथा उद्धार कोषमा जम्मा गरिने छ । त्यस्तै बैठकले विभिन्न विधेयकहरु तर्जुमा गर्न सैद्धान्तिक सहमति समेत प्रदान गरेको छ । हिजोको बैठकले प्रदेश प्रहरीको गठन, सेवा सर्त र सञ्चालन सम्बन्धमा गर्न बनेको विधेयक २०७५ लाई सैद्धान्तिक स्विकृती दिएको छ । त्यस्तै गाँउ तथा नगरसभाका सदस्यहरुको सुविधा २०७५ लाई संसोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्न स्वीकृत प्रदान गरेको छ । बैठकले वृहत्तर विराट विकास क्षेत्र सम्बन्धमा व्यबस्था गर्न बनेको विधेयक २०७५ को तर्जुमा गर्न पनि स्विकृती दिएको छ । त्यस्तै बैठकले दोश्रो पिण्डेश्वर अर्धमहाकुम्भ मेला व्यबस्थापन गर्न मुल समारोह सहयोग समिति गठन गरेको छ । संघसस्थालाई प्रदान गरिने अनुदान सम्बन्धी कार्यविधि २०७५ लाई स्विकृत गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *