Saturday, January 18, 2025
Home > मुख्य समाचार > हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै

हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै

काठमाडौं । नेपाल प्रहरीको पछिल्लो अध्ययनले हत्या, हिंसा तथा बलात्कारजन्य घटनाको दर उल्लेख्य संख्यामा बढ्दै गएको देखाएको छ ।

राजधानी काठमाण्डौमा आज आयोजित समुदाय–प्रहरी साझेदारी विषयक अन्र्तरक्रियामा महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक उत्तमराज सुवेदीले यस्तो बताउनुभएको हो । उहाँले गाँजा चरेस सेवनलगायत सामाजिक विकृति, समाजिक सञ्जालको बढ्दो दुरुपयोगलगायत कारणले हिंसाजन्य घटनामा वृद्धि गरेको बताउनुभयो । उहाँले हत्या, हिंसा र बलात्कारका घटना गत सालको भन्दा दोब्बर वृद्धि भएको बताउनुभयो । उहाँले निर्मला पन्त प्रकरणपछि नागरिक समाज, अधिकारका क्षेत्रमा काम गर्ने लगायतबाट जनचेतनाका थुप्रै कार्यक्रम भईरहेको भएपनि त्यस्ता घटना बढ्दै जानु सुरक्षाकर्मीका लागि पनि चुनौतिको विषय बनेको बताउनुभयो ।

उहाँले पछिल्लो समय पेशेवर अपराधीबाट हुने अपराधभन्दा सामाजिक विकृतिको कारणले श्रृजित अपराध बढेको बताउनुभयो । उहाँले ५ सयवटा हत्याका घटनामा गरेको विश्लेषणमा १ सय ५३ वटा घटनामा श्रीमान्ले श्रीमतीको हत्या गरेको र ३० वटा घटनामा श्रीमतीले श्रीमानको हत्या गरेको पाइएको बताउनुभयो । सामाजिक सञ्जालको दुरुपयोगले पनि हत्या हिंसाका घटना बढाएको अध्ययनले देखाएको छ । उहाँले ४० प्रतिशत आत्महत्या सामाजिक सञ्जालको दुरुपयोगका कारण भएको पाईएको बताउनुभयो ।
उहाँले बलात्कारजन्य घटनाको प्रवृत्तिमा पनि फरक आएको बताउनुभयो । उहाँले पछिल्लो समय बलात्कारजन्य घटनामा ६४ प्रतिशत पीडीत १८ बर्षभन्दा मुनिका बालिका भएको र उनीहरु घरपरिवार, नातागोता, छिमेकी, सहकर्मी, शिक्षक लगायतबाट नै बलात्कृत हुने गरेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *