Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग

‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालले ज्येष्ठ नागरिकलाई ‘स्वेच्छिक मरन’ गर्न पाउने कानुनी व्यवस्था गर्न सरकारसँग माग गर्नुभएको छ ।

वरिष्ठ पत्रकार रिसालले धेरै विद्धान छोराछोरीका ज्येष्ठ नागरिकले पनि कठिनका साथ जिउनु परेकाले उनीहरुले चाहेमा स्वेच्छिक मरन गर्न पाउने कानुनी व्यवस्था गरिदिन सरकारसँग आग्रह गर्नुभएको हो । सुन्दा नमिठो लागे पनि ज्येष्ठ नागरिकहरुले स्वेच्छिक मरन गर्न चाहेको देखिएको उल्लेख गर्दै त्यस्तो कानुनी व्यवस्था गर्न गम्भीर भइदिन पनि उहाँको सरकारसँग विशेष अनुरोध छ । आज संघीय संसदको महिला तथा सामाजिक समितिको बैठकमा ज्येष्ठ नागरिकसम्बन्धि विधेयकमाथि सरोकारवालाहरुसँगको छलफलमा भाग लिँदै वरिष्ठ पत्रकार रिसालले ज्येष्ठ सासु–ससुरालाई स्याहार गर्ने बुहारी मध्येबाट उत्कृष्टलाई पुरस्कार दिने व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनुभयो । त्यसले पनि ज्येष्ठ नागरिकहरुको हेरचाहका लागि सामाजिक रुपमै जागरण ल्याउने उहाँको भनाई छ ।

बैठकमा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष एवम् वरिष्ठ कलाकार मदनदास श्रेष्ठले ज्येष्ठ नागरिकको पालनपोषणका लागि नैतिक शिक्षाको उचित व्यवस्था गर्न पनि सरकारसँग माग गर्नुभयो । अध्यक्ष श्रेष्ठले ज्येष्ठ नागरिकलाई निःशुल्क स्वास्थ्य विमा गर्ने व्यवस्था गरेकोमा खुसी पनि व्यक्त गर्नुभयो । विधेयकमा ज्येष्ठ नागरिकलाई पालनपोषण नगर्ने छोराछोरीलाई ३ लाख जरिवाना र ५ वर्षसम्म जेल सजाय दिने प्रावधान राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *