विराटनगर । सुनसरी र मोरङका पत्रकारहरुका लागि स्वास्थ्य सम्बन्धी ३ दिने पत्रकारिता अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
सामाजिक विकास मन्त्रालयको आयोजनामा नेपास प्रेस इन्स्टिच्युट क्षेत्रीय सञ्चार स्रोत केन्द्र विराटनगरको सहकार्यमा भएको अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारले लिइएको रणनीति, प्रदेश सरकारले गरेका काम र प्रदेश–१ मा स्वास्थ्य क्षेत्रमा थप के–के काम गर्न सकिन्छ भनेर सुझावसमेत दिइएको थियो । तिन दिने अभिमुखीकरण कार्यक्रममा कोशी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन रोशन पोखरेलले मानसिक अवस्थाको बारेमा, सामाजिक विकास मन्त्रालयका स्वास्थ्य शाखाका डाक्टर सरोजकुमार मण्डलले मन्त्रालयका गतिविधि र स्वास्थ्य कर्मचारी केशु काफ्लेले सुरक्षीत मातृत्व तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनु भएको थियो । मोरङ र सुनसरीका ३० जना पत्रकारहरुको सहभागीता रहेको कार्यक्रममा वरिष्ठ पत्रकार यज्ञ शर्मा, मोहन भण्डारी लगायतले सहजीकरण गर्नुभएको थियो ।