Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरि मनाइँदै

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज, विविध कार्यक्रम गरि मनाइँदै

स्वरसम्राट नारायण गोपालको २९ औं स्मृति दिवस आज काठमाडौंमा विभिन्न कार्यक्रम गरी मनाइदै छ ।

असंख्य कालजयी गीतका सर्जक तथा जादुमय स्वरका धनी स्वरसम्राट नारायणगोपालको जन्म बुबा आशगोपाल गुरुवाचार्य र आमा रामदेवी गुरुवाचार्यको कोखबाट १९९६ असोज १८ गते काठमाडौंमा भएको थियो । उहाँको विसं २०४७ मंसिर १९ गते ५१ वर्षको उमेरमा निधन भयो । नेपाली सांगीतिक क्षेत्रमा गहिरो प्रभाव छाडेर संसारबाट विदा हुनुभएका स्वरसम्राट अहिले पनि जनजनको मनमनमा जीवन्त हुनुहुन्छ । उहाँका कालजयी गीतहले नेपाली गीत संगीतको स्वरुप नै बदलिदिएको छ । प्रेम र देशभक्ति गीत गाउन मनपराउने स्वरसम्राट शब्द र संगीतमा निकै ध्यान दिनुहुन्थ्यो । त्यसैले त करिब १ सय गीतमा आवाज भर्नुभएका उहाँका सबै गीत कालजयी छन् । ‘यो सम्झिने मन छ, म बिर्सूं कसरी’, ‘आँखा छोपी नरोउ भनी भन्नु पर्या छ’, ‘एउटा मान्छेको मायाले कति’ जस्ता कालजयी गीतहरुमा आवाज दिनुभएका स्वरम्राटको स्वर माधुर्यले अहिलेपनि लोकप्रियताको सगरमाथा चुमिरहको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *