Saturday, January 18, 2025
Home > मुख्य समाचार > स्थानीयको अवरोधका कारण ३३ केभी प्रसारण हाइटेन्सन लाईनको विस्तार हुनसकेन

स्थानीयको अवरोधका कारण ३३ केभी प्रसारण हाइटेन्सन लाईनको विस्तार हुनसकेन

मोरङ । मोरङको ग्रामथान गाउँपालिकास्थित गिदनीय टोलका स्थानीयले तार विस्तार गर्ननदिएपछि दुहबी सबस्टेशन–कटहरी सबस्टेशनको ३३ केभी प्रसारण हाइटेनसन लाईनको विस्तार हुनसकेको छैन । गाउँमा हाइ भोल्टेज लाइन भएका कारण स्वास्थ्यमा नकारात्मक असर पर्छ भन्ने भ्रम फैल्याइएका कारण प्रशारण लाइन विस्तार हुन नदिने अडानमा उनीहरु देखिन्छन् ।

ग्रामथान ५ गिदनीया बस्तीमा विद्युत् प्राधीकरणले सडकको डिल हुँदै १८ किलोमिटर लामो ३३ केभिए दुहबी–कटहरी प्रसारण लाइन ल्याउन पोलसमेत गाडिसकेको छ । तर, अन्तिम समयमा स्थानीयको अवरोधका कारण ३ किलोमिटर क्षेत्रमा पोल भएरपनि तार टांग्न सकेको छैन । उक्त प्रसारण लाइनमध्ये दुहबी क्षेत्रको हाइवेमा डेढ किलोमिटर अन्डरग्राउण्ड गरिएको छ । ३३ केभी प्रशारण लाइनका विषयमा ग्रामथान ५ गिदनीया बस्तीका स्थानीयमा भ्रम फैल्याएको पाइएको छ । ३३ केभी हाइटेन्सनको लाइन विस्तार गर्दा क्यान्सर लाग्ने, छालाको समस्या देखिने, गर्भपतन हुने र जग्गाको मुल्याङ्कनसमेत घट्ने तर्क गिदनीया टोलका स्थानीयको छ । उनीहरु कुनैपनि हालतमा आफ्नो गाउ“बाट विद्युत विस्तार गर्न नदिने अडानमा छन् । स्थानीयले प्रसारण लाइन अन्डरग्राउण्ड गर्नुपर्ने, कभरसहितको तार टांग्नुपर्ने या टावरमार्फत तार लैजानु पर्ने थियो । हाल गाडिएको पोल घरमाथि नै पर्ने र अत्यन्तै होचो भएको कारण जोखिम हुने भन्दै उनीहरुले पोल भन्दा डबल अग्लो टावर निर्माण गरेर विद्युत्को तार लैजानुपर्ने बताउँदै आएका छन् । विद्युत् प्राधिकरणले स्टीमेट अनुसार लाइन परिवर्तन गर्न नसक्ने बताइरहेको भएपनि स्थानीयले भने दुहबीबाट विराटनगर रिङ रोडको बाटोबाट लखन्तरी हुँदै सिधै कटहरी लैजाने प्रसारण लाइन एक्कासी परिवर्तन गरी बस्तीतिर ल्याइएको दावी गर्छन ।

३३ केभिए प्रसारण लाइनको आसपासका सर्वसाधरणमा क्यान्सरको जोखिम हुने, गर्भपतन हुने, छालामा समस्या हुने, जग्गाको मूल्यांकन कम हुने विषय हल्ला मात्रै भएको प्राधिकरणले जनाएको छ । हल्लाको पछि लागेर विकासको काममा अवरोध सिर्जना नगर्न प्राधिकरणले अनुरोध गरेको छ ।

सर्वसाधरणमा चेतना नहु“दा गिदनीया बस्तीमा समस्या देखिएको प्राधिकरणले जनाएको छ । स्थानीयले भनेजस्तो वस्तीबाट प्रसारण लाइन विस्तार गरेको नभइ सडकको डिलबाट ल्याइएको प्राधिकरणको भनाइ छ । अन्तिम समयमा आएर लाइनको रुट परिवर्तन हुनै नसक्ने प्राधिकरणले जनाएको छ । यता सोही विषयलाई लिएर नेपाल विद्युत प्राधिकरणका निर्देशक कुलमान घिसिंङ र सो क्षेत्रका सांसद अमनलाल मोदीबीच लेखासमितिको बैठकमा आरोप प्रत्यारोप चलेको थियो । प्रशारण लाइन विस्तार गर्न सांसद मोदीले अवरोध सिर्जना गरेको आरोप निर्देशक घिसिङले लगाउनुभएको छ । उहाँले स्थानीयलाई मिलाउन सांसद मोदीले ५ लाख मागेको समेत कुरा विभिन्न सञ्चार माध्ययमा सार्वजनिक भइसकेको छ । उता मोदीले लेखा समितिको बैठकमा कुलमान घिसिङले प्राधिकरणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाउनुभएको थियो । यो विषयमा अहिले पनि घिसिङ र मोदीबीच प्रचारबाजी चलिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *