Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु

सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु

चितवनको सौराहामा आजदेखि ‘नवौं विश्व रेन्जर सम्मेलन’ शुरु भएको छ ।

रेन्जर सम्मेलनको उद्घाटन नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गर्नुभएको छ । सो अवसरमा बोल्दै अध्यक्ष प्रचण्डले नेपाल संरक्षणमा गरेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको बताउनुभयो । सम्मेलनमा वन्यजन्तु र वनस्पतिको संरक्षणमा समर्पित विश्वभरका करीब साढे ५ सय रेन्जर भेला भएका छन् । सम्मेलनमा सहभागी ७२ देशमध्ये सबैभन्दा धेरै अष्ट्रेलियाबाट १ सय जना र अमेरिकाबाट ६० जना सहभागी छन् । सम्मेलनपछि ‘सौराहा घोषणापत्र’ जारी गरिनेछ । सन् १९९५ मा पोल्याण्डबाट शुरू भएको ‘विश्व रेन्जर सम्मेलन’ प्रत्येक तीन वर्षमा आयोजना हुँदै आएको छ । सम्मेलन कार्तिक ३० गतेसम्म चल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *