Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर

सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर

सोलुखुम्बु, १७ पुष । बिराटनगरको नोबेल शिक्षण अस्पतालले हिमाली जिल्ला सोलुखुम्वुको विकट गाउँमा शल्यक्रियासहितको स्वास्थ्य शिविर सञ्चालन गरी एघार सय बिरामीको निःशुल्क उपचार गरेको छ ।

सोलुखुम्वुको अत्यन्तै विकट स्थान भनेर चिनिने महाकुलुङ गाउँपालिकाको वुङमा सञ्चालन गरिएको शिविरबाट १ हजार ७५ जना बिरामीले निःशुल्क उपचार सेवा पाएका हुन् । पूर्वी नेपालका बिभिन्न स्थानमा नियमित स्वास्थ्य शिविर सञ्चालन गर्दै आएको नोबेलले महाकुलुङ गाउँपालिकासँग सहकार्य गरेर बुङ स्वास्थ्य चौकीमा शिविर गरेको हो । शिविरमा १७ जना विरामीको आँखाको शल्यक्रिया गरिएको नोबेल शिक्षण अस्पतालले जनाएको छ । शिविरमा २ सय ३ जनाको भिडियो एक्सरे, १ सय ४७ जनाको ईसीजी र ३ सय १० जनाको रगत परिक्षण गरिएको छ । त्यस्तै २१ जनाको दाँत फुकाल्नुका साथै ४ सय ५५ जनाको रक्तचाप परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *