Saturday, January 18, 2025
Home > मुख्य समाचार > सुरक्षा योजनामा सत्तारुढकै नेताको असन्तुष्ठी

सुरक्षा योजनामा सत्तारुढकै नेताको असन्तुष्ठी

काठमाण्डौ / सत्तारुढ दलकै वरिष्ठ नेता माधव कुमार नेपालले योगदानमा आधारित सामाजिक सुरक्षा योजना र अनिवार्य प्यान कार्ड लागु गर्ने व्यवस्था प्रति असन्तुष्ठी जनाउनुभएको छ ।
पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी संघले आईतबार राजधानीमा गरेको कार्यक्रममा नेता नेपालले पुर्वाधार विना नै विदेशीको देखासिकी गरि सरकारले सामाजिक सुरक्षा योजना ल्याएको टिप्पणी गर्नुभएको हो । उहाँँले अर्थतन्त्र कमजोर भएको मुलुकले अर्थतन्त्र सबल भएका मुलुकले लागु गरेको प्रणाली लागु गर्न खोज्दा त्यसले पार्ने प्रभावबारे पुर्व आकलन गर्न नसकिएको तर्क गर्नुभयो । फोहर मैला उठाउनेलाई पनि अनिवार्य प्यानको व्यवस्था प्रति पनि उहाँले असन्तुष्ठी जनाउनुभयो । उहाँले मुलुकको पुर्वाधार र अर्थतन्त्रको मुल्यांकन नै नगरि यूरोपेली देशका प्रणालीलाई रातारात लागु गर्न खोज्नु गलत भएको टिप्पणी गर्नुभयो । राजधानीमै आईतबार भएको दुई भिन्ना भिन्नै कार्यक्रममा श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले योगदानमा आधारित समाजिक सुरक्षा योजना लागु गर्न मजदुरका नेताहरुकै संस्थाहरुले असहयोग गरेको बताउनुभएको थियो । फरक प्रसंगमा नेता नेपालले समाज सुधारको नाममा चाडपर्व मनाउ नपाउने गरि सरकारले नियन्त्रण गर्न नमिल्ने तर्क गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *