Saturday, January 18, 2025
Home > खेलकुद समाचार > सुन्दरहरैंचामा सुविधासम्पन्न कवर्ड हल निर्माण

सुन्दरहरैंचामा सुविधासम्पन्न कवर्ड हल निर्माण

मोरङ, २१ पुष । मोरङको सुन्दर हरैंचामा सुविधा सम्पन्न कवर्ड हल निर्माण गरिएको छ ।

दुर्गादेवी दुलाल सुन्दरहरैंचा स्पोर्ट ग्राममा एक करोड ८३ लाख ७३ हजार लागतमा कवर्डहल निर्माण गरिएको हो । ग्राममा टेबल टेनिस, बास्केटबल र भविलब कोर्ट पनि निर्माण गरिने छ । सुन्दरहरैंचा नगरपालिकाको १८ लाख, राष्ट्रिय खेलकुद परिषदको १४ लाख सहयोग र स्थानीय व्यवसायी र सर्बसाधारणको सहयोगमा स्पोर्ट ग्राममा एक करोड ८३ लाख ७३ हजारमा कर्बड हल निर्माण गरिएको हो । निर्माण सम्पन्न भएको कर्वडहलमा अन्तर्राष्ट्रिय व्याडमिन्टल प्रतियोगिता आयोजना गर्न लागिएको दुर्गादेवी दुलाल सुन्दरहरैचा स्पोर्ट ग्रामका अध्यक्ष भोलेश्वर दुलालले जानकारी दिनुभयो । कवर्ड हल निर्माणमा ४५ लाख ऋण तिर्न बाँकी रहेको बताउँदै उहाँले पुस २७ गतेबाट खुला अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्न लागेको बताउनुभयो ।

आज मोरङको सुन्दरहरैंचामा पत्रकार सम्मेलन गरी माघ २ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपाल भारतका ३ सय खेलाडीले सहभागिता जनाउने जानकारी दिइएको हो । दुलालका अनुसार खुला पुरुषतर्फ १ लाख रुपैयाँ राशिको प्रतियोगिता गराइनेछ । खुला पुरुषतर्फ दोस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ५० हजार र तेस्रो हुनेले ३० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । त्यस्तै खुला पुरुष–महिलातर्फ प्रथम पुरस्कार ५० हजार दोस्रो २५ हजार र तेस्रो १० हजार तोकिएको छ । त्यस्तै ४५ बर्षमाथिका खेलाडीहरुका लागि भेट्रान प्रतियोगिता पनि आयोजना गरिनेछ । प्रतियोगिता सञ्चालनका लागि १५ लाख खर्च लाग्ने दुलालले जानकारी दिनुभयो । पुरस्कारका लागि मात्र ५ लाख रुपैयाँ छुट्याइएको छ । यता सुन्दरहरैचाका प्रमुख शिवप्रसाद ढकालले सक्दो सहयोग गर्ने बताउनुभयो । कार्यक्रममा पत्रकार, खेलाडी, स्थानीय समाजसेवीलगायतको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *