Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सुखानी सहिद स्मृति पार्क निर्माण

सुखानी सहिद स्मृति पार्क निर्माण

झापा । वि.सं २०२८ देखि २०३० सालसम्म झापा जिल्लामा युवा कम्युनिष्टहरूको नेतृत्वमा चलेको सशस्त्र आन्दोलन नै झापा विद्रोहको रूपमा चिनिन्छ । जसमा पञ्चायती सरकारले रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीको हत्या गरेको थियो । उनीहरुकै सम्झनामा झापाको अर्जुनधारा नगरपालिकामा अहिले सुखानी सहिद स्मृति पार्क निर्माण गरेको छ ।

झापा विद्रोहबाट अत्तालिएको पञ्चायती निरङ्कुश सरकारले विद्रोहलाई दमन गर्ने क्रममा २०२९ साल फागुन २१ गते सुखानीको जङ्गलमा योद्धा रामनाथ दाहाल, नेत्र घिमिरे, कृष्ण कुइँकेल, नारायण श्रेष्ठ र वीरेन राजवंशीलाई गोली हानी हत्या गरेको थियो । दानाबारीस्थित इलाम र झापाको सिमानामा पर्ने सुखानीलाई अहिलेपनि कम्युनिष्ट नेता तथा कार्यकर्ताले उत्तिकै सम्झने गरेका छन् । सन २०२० लाई सरकारले पर्यटन वर्ष मनाउने घोषणा गरेको छ । यस्ता ऐतिहासिक स्थलको संरक्षण प्रचारप्रसार गरी आवश्यक पूर्वाधार निर्माण गर्नु जरुरी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *