Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सुकरात महोत्सव आयोजना

सुकरात महोत्सव आयोजना

मोरङ । विराटनगर राजवंशी समुदायले तिहार पर्वको अवसरमा सुकरात महोत्सव आयोजना गरेका छन ।

मोरङको बुढीगंगा गाँउपालिका ३ बाँसबारीमा आयोजना गरिएको महोत्सवको प्रदेश १ का प्रमुख प्रा.डा. गोबिन्दबहादुर तुम्बाहाङले उदघाटन गर्नुभयो । स्थानीय विद्यालयमा आयोजित महोत्सवमा विराट राजवंशीको पहिचान झल्किने खानपान,मौलिक भेषभुषा,नृत्य र फैशन शो प्रस्तुत गरिएको थियो । आयोजक विराट राजवंशी समाज उत्थान समितिका अध्यक्ष भुवनेश्वर मण्डल राजवंशीले विराट राजवंशीहरुको आफ्नै मौलिक पहिचान रहेको र त्यसबिषयमा धेरै मानिसहरु अनभिज्ञ रहेका कारण आफ्नो संस्कृतिलाई संरक्षण सम्बद्र्धन गर्न कार्यक्रम गरिएको बताउनुभयो । सो अवसरमा राजवंशी समुदायमा प्रचलित मौलिक पारम्परिक लोक नाच ‘विद्यापत’ समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा बोल्दै विराट राजवंशी समुदायका अगुवाहरुले विराट राजवंशी समुदाय संबैधानिकरुपमा सुचिकृत हुन नसकेकोमा चिन्ता ब्यक्त गरेका थिए । सो अवसरमा प्रदेश प्रमुख तुम्बाहाङले एकै प्रकारको थर विविध समुदायका मानिसहरुले लेख्ने गरेका कारण त्रुटी भएको हुनसक्ने बताउनुभयो । आगामी दिनमा विराट राजवंशी समुदाय समेत सुचिकृत हुनेमा उहाँले विश्वास ब्यक्त गर्नुभयो । विराट राजवंशी समुदायले तिहारलाई सुकरात पर्वकोरुपमा मनाउदै आएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *