Saturday, January 18, 2025
Home > मुख्य समाचार > सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या पर्याप्त नभएको गृहमन्त्रीको भनाइ

सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या पर्याप्त नभएको गृहमन्त्रीको भनाइ

गृहमन्त्री रामबहादुर थापाले सीमा सुरक्षा गर्नका लागि सशस्त्र प्रहरीको संख्या प्रयाप्त नभएको बताउनुभएको छ ।

प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको आजको बैठकमा गृहमन्त्री थापाले ३७ हजारको संख्यामा रहेका सशस्त्र प्रहरीले सीमा सुरक्षा गरिरहेको जनाउँदै उक्त संख्या प्रयाप्त नभएको बताउनुभएको हो । उहाँले भारतले प्रत्येक एक किलोमिटरमा रहेर सीमा सुरक्षा दिएको आवस्थामा नेपालले २५÷३० किलोमिटरको फरकमा रहेर सीमा सुरक्षा गर्नुपरेको बताउनुभएको हो । अहिले १ हजार ८०० स्क्वार किलोमिटर सीमा सुरक्षा गर्न कुल १ सय २ सीमा सुरक्षा पोष्ट मात्र रहेको बताउँदै त्यसलाई सरकारले विस्तार गर्न लागेको समेत बताउनुभयो । उहाँले अहिले सशस्त्र प्रहरीको संख्या बढाउन गृह मन्त्रालयले प्रस्ताव गरेको समेत जानकारी दिनुभयो । पछिल्लो समय लिम्पियाधुरा, कालापानीको कुल ३ सय ७२ किलोमिटर क्षेत्र र लिपुलेकलगायतका अन्य क्षेत्रमा गरी भारतले ४ सय किलोमिटर भन्दा बढी क्षेत्र अतिक्रमण गरेको गृह मन्त्री थापाले बताउनुभयो ।

उहाँले कालापानी क्षेत्रमा १९६२ को भारत र चीनबीचको युद्धपछि मात्र अतिक्रमण भएको र ऐतिहासिक नक्सा, सन्धि सम्झौताहरुबाट उक्त भूमि नेपालकै भएको पुष्टि हुने भएकाले भारत त्यहाँबाट हटनुपर्ने बताउनुभयो । उहाँले १९६२ को चीनसँगको युद्धमा भारतले नेपालको भूमिमा १८ ठाउँमा सेना राखेको बताउँदै १७ ठाउँबाट हटाएर एक ठाउँ कालापानीबाट नहटाएको र पछि त्यहि बलमा भारतले उक्त क्षेत्र अतिक्रमण गरेको बताउनुभयो । उहाँले उक्त भूभाग नेपालकै हो भन्नेमा सरकार स्पस्ट रहेको र फेरी भारतबाट फिर्ता लिन सरकारले पहल गरिरहेको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *