Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > साहित्य महोत्सव सम्पन्न

साहित्य महोत्सव सम्पन्न

इलाम । इलाममा दुई दिने साहित्य महोत्सव सम्पन्न भएको छ ।

साहित्यिक महोत्सवमा देश विदेशका साहित्यकार, लेखक र कलाकारहरुको उल्लेख्य उपस्थिती रहेको थियो । ‘पर्यटनको लागि साहित्य’ भन्ने मूल नाराका साथ सञ्चालित महोत्सवमा साहित्यकार, कलाकारदेखि राजनीतिज्ञहरुले विभिन्न शिर्षकमा बहस गरेका थिए । साहित्यको माध्यममबाट इलामलाई चिनाउने उदेश्यले महोत्सव आयोजना गरिएको हो । महोत्सवमा पाँच सय वढि साहित्यकारहरु इलाम भित्रिएको आयोजक इलाम साहित्य समाजका सचिव रोशन राईले जानकारी दिनुभयो । कार्यक्रमको पहिलो दिन आलोचनात्मक चेत र लोकतन्त्रका बारे वक्ता प्रा.डा. संजीव उप्रेती, सत्ता कि प्रतिपक्ष शिर्षकमा वक्ताहरु श्रवण मुकारुङ, मोमिला जोशी, मनु मञ्जील र सहजकर्तामा विमल वैद्य, ‘अ’ मा अल्झेको इलाम विषयमा वक्ताहरु युद्यप्रसाद वैद्य, महेश बस्नेत, विष्णु निष्ठुरी र सहजकर्तामा केदार शर्माको जमघट भएको थियो । त्यस्तै, मानक माथि प्रश्न विषयमा मुख्य वक्ता राजन मुकारुङ, मिश्र वौजन्ती, उज्वल प्रसाई र सहजकर्तामा महेश पौडेलले प्रस्तुती दिनु भएको थियो । अधिकारको पेवा सन्दर्भ विचारमा मुख्य वक्तामा जेवी विश्वकर्मा, सीमा आभास, कृष्ण धराबासी र सहजकर्तामा समीरबाबु कट्टेलले प्रस्तुती दिनु भएको थियो । महोत्सवमा साहित्यको पछिल्ला आन्दोलनहरुको सन्दर्भमा उन्मुक्त पुस्ता, फरक आयाम, कुकुर कविता लगायतका विषयमा मुनाराज शेर्माले बहस चलाउनु भएो थियो ।यस्तै सिनेमा र सन्देश शीर्षकमा वक्तामा प्रकाश आङदेम्बे, दिनेश डिसी र स्वस्तीमा खड्का साथै सहजकर्तामा सुरेन्द्र राई रहनु भएको थियो । पछिल्लो समय इलाममा साहित्यिक कार्यक्रमहरु सुस्ताईरहेको अवस्थामा पुनःजागरण सहित कार्यक्रम गरिएको आयोजकले जनाएको छ । यस अघि यस्तै किसिमको कार्यक्रम देउमाई नगरपालिकाको मंगलबारेमा समेत भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *