Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > साहित्यकारलाई नै दिए प्रधानमन्त्रीले साहित्य प्रवचन

साहित्यकारलाई नै दिए प्रधानमन्त्रीले साहित्य प्रवचन

काठमाडौं, १९ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान सरकारी निवास वालुवाटारमा साहित्यकारहरुलाई नै साहित्यबारे प्रवचन दिनुभएको छ ।

चिकित्सक डाक्टर अरुण सायमीले लेखेको मेरो जीवन कथाको विमोचन समारोहमा प्रधानमन्त्री ओलीले साहित्य कस्तो हुनुपर्ने भन्ने बारेमा प्रवचन दिनुभएको हो । सार्वजनिक समारोहमा सरकारले गरेको कामको प्रसंसा गर्दै मुलुकको समग्र राजनितिक अवस्था र प्रतिपक्षी दलको क्रियाकलापमा तिखो व्यंग्य गर्ने प्रधानमन्त्री ओलीले आज आफ्नो पुरै सम्बोधनलाई साहित्यमा नै केन्द्रीत गर्नुभयो । उहाँले साहित्यलाई जीवन्त र पाठकको ध्यान तानिरहने बनाउन असाधारण शैली प्रयोग गरिनुपर्ने बताउनुभयो ।
उहाँले साहित्यमा विना प्रसंगका पात्रहरुले विषयवस्तुको सिलसिलालाई भंग गर्ने भएकाले त्यसमा पनि लेखक गम्भीर हुनुपर्ने बताउनुभयो । मेरो जीवन कथामा आएका कतिपय पात्रले लेखक सायमिलाई बास्तवमै आफ्नै कथा लेख्नका लागि बाधा पुर्याएको टिप्पणी पनि उहाँले गर्नुभयो । पेशाले चिकित्सक डाक्टर सायमिले गीतिलेखन, कविता, उपन्यास तथा समसायिक विषयमा कलम चलाउदै आउनुभएको छ । २ सय ५२ पृष्ठको मेरो जीवन कथा भित्र डाक्टर सायमिको बाल्यकाल देखि स्कुल, शिक्षा, राजैतिक यात्रा,राजनीतिक व्यक्तित्वसंगको भेटघाट, संगत तथा २०६२ ÷६३ को जनआन्दोलन र महाभूकम्प २०७२ का प्रंसग समेटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *