Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > ‘सातौं विश्व शांैचालय दिवस’ मनाइयो

‘सातौं विश्व शांैचालय दिवस’ मनाइयो

सबै नागरिकलाई सार्वजनिक शौंचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गर्दै नेपालमा पनि ‘सातौं विश्व शांैचालय दिवस’ मनाइएको छ ।

यसै अवसर पारेर काठमाडौंको बसन्तपुरमा आज बिहान प्रभातफेरिसहितको कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा नागरिक समाजका अगुवाहरुले सबै नागरिकलाई शौचालयको उचित व्यवस्था गर्न सरकारसँग माग गरेका छन । मुलुकलाई खुला दिशामुक्त क्षेत्र घोषणा गरेको सरकारले त्यसलाई कार्यान्वयनमा लैजान सबै नागरिकका लागि प्रयोगमा आउने गरी सार्वजनिक शौचालयको उचित व्यवस्था गर्न माग गरेका हुन । नागरिक समाजका अगुवा एवम् पूर्व मन्त्री गणेश साहले महिला र अपांगलगायतका सबै नागरिकका लागि आवश्यक सार्वजनिक शौचालयको व्यवस्था गर्न सरकारसँग माग गर्नु भयो ।

प्रभातफेरीमा सहभागी भएकाहरुले शौंचालयको सफाईमा जोड दिन आह्वान गरिएको प्लेकार्डहरु पनि प्रर्दशन गरेका थिए । सरकारले गत असोज १३ गते मुलुकलाई खुला दिसामुक्त राष्ट्र घोषणा गरेपनि त्यसका लागि आवश्यक सार्वजनिक शौंचालयको व्यवस्था नगरेकोमा नागरिक समाजका अगुवाहरुको असन्तुष्टि छ । नेपालमा खासगरी सहरी क्षेत्रमा सार्वजनिक शौंचालयको उचित व्यवस्था नहुँदा बटुवा र यात्रुको चर्को समस्या झेल्नु परेको छ । यस वर्ष ‘शौचालयको प्रयोगमा कोही पनि नछुटाउँ’ भन्ने मूल नाराका साथ विश्व शौचालय दिवस मनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *