Saturday, January 18, 2025
Home > खेलकुद समाचार > सागको सम्पूर्ण तयारी पूरा

सागको सम्पूर्ण तयारी पूरा

आसन्न १३ औ दक्षिण एशियली खेलकुद (साग) मा सहभागि हुने खेलाडीको सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय टिम तयारी समितिले जनाएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज पत्रकार सम्मेलन गरी मंसिर १५ देखि २४ गते सम्म नेपालमा आयोजना हुने खेलकुदमा नेपालले पदकका हिसावले सागलाई ऐतिहासिक सफल बनाउने दावी पनि गरेको छ । सागमा नेपालले ५० भन्दावढी स्वर्ण जित्नका लागि राम्रो तयारी गरेको राखेपको विश्वास छ । सागमा नेपालका २८ खेलमा पुरुषतर्फ तीनसय १२, महिलामा दुई सय ८७ गरी कूल पाँचसय ९९ खेलाडीको सहभागिता रहनेछ । सागमा एक सय २३ प्रशिक्षक र ५० जना ब्यवस्थापकको पनि सहभागिता रहने छ । सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा नेपालले कूल ३१ स्वर्ण जितेको थियो । सागमा त्यतिवेला १२ खेल समावेश गरिएको थियो । साग तयारीका लागि बैदेशिक प्रशिक्षणका लागि मात्र ४५ करोड रुपैयाँ छुट्याएको पत्रका। सम्मेलनमा जानकारी दिइएको छ । प्रशिक्षणमा रहेका खेलाडी र प्रशिक्षकलाई पहिलो चरणमा जनही १४ सय, दोस्रो चरणको दुई हजार, तेस्रो चरणमा २२ सय र चौथो चरणमा २५ सय रुपैयाँ भत्ता उपलब्ध गराएको छ । सागका खेलहरु काठमाडौं, पोखरा र जनकपुरमा हुनेछन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *