Saturday, January 18, 2025
Home > अन्तराष्ट्रिय समाचार > साउदी अरबकी युवतीलाई क्यानडाले दियो शरण

साउदी अरबकी युवतीलाई क्यानडाले दियो शरण

एजेन्सी । साउदी अरबकी एक युवतीलाई क्यानडाले शरण दिएको छ ।

इस्लाम धर्म र आफ्नो परिवार छाडेर चर्चामा आएकी १८ वर्षीया युवती रहफ मोहम्मद अल–कुननलाई क्यानडाले शरण दिएको हो । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले आफ्नो देश मानवअधिकार र महिला अधिकारका लागि सहयोग गर्न सँधै तत्पर रहने बताउनुभयो । उहाँले संयुक्त राष्ट्रसंघले गरेको अपील अनुसार अल–कुननलाई शरण दिन तत्काल स्वीकृति दिएको जानकारी दिनुभयो । १८ वर्षीया अल–कुनन आफ्नो परिवारका साथ कुबेतको यात्रामा थिइन् । जहाँ उनले अस्ट्रेलिया जानका लागि विमान चढेकी थिइन् । अस्ट्रेलिया पुग्नका लागि बैंकक हुँदै जानुपर्ने भए पनि बैंकक विमानस्थलमा उनलाई केही अधिकारीहरुले रोक लगाएका थिए । त्यहाँबाट उनका परिवारको साथ फिर्ता गर्न खोजिएको थियो । तर उनी फर्कन चाहिनन् र बैंकककै एक होटलमा कोठा बन्द गरेर बसेकी थिइन् । त्यहीँबाट उनले ट्वीटरको माध्यमबाट आफ्नो सबै यर्थाथ सार्वजनिक गरेकी थिइन् । त्यसपछि चर्चामा आएकी उनलाई संयुक्त राष्ट्रसंघले शरणार्थीको मान्यता दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *