Saturday, January 18, 2025
Home > मुख्य समाचार > सांसद मो.अफताव आलम पुर्पक्षका लागि थुनामा

सांसद मो.अफताव आलम पुर्पक्षका लागि थुनामा

रौतहटको राजपुर बम कान्डका अभियुक्त महम्मद अफताव आलमलाई अदालतले पुर्पक्षका लागि थुनामा पठाएको छ ।

थुनछेकको बहसपछि जिल्ला अदालत रौतहटका ४ नम्बर इजालसका न्यायाधीश दिपक ढकालले आलमलाई थुनामा राख्न आदेश दिएका हुन । वादीको तर्फबाट १४ जना वकिलले थुनामा राखि कारबाही माग गर्दै बहस गरेका थिए भने प्रतिवादी आलमको तर्फबाट २८ जना कानुन व्यावसायीले उनको बचाउको पक्षमा बहस गरेका थिए । सरकारकी वकिलको कार्यालयले कार्तिक १८ गते रौतहटमा सांसद आलमसहित ११ जनाविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ ऐन २०१८ बमोजिम मुद्दा दायर गरेको थियो । आफताब आलमलाई सर्वस्वसहित जन्मकैद माग गर्दै रौतहट जिल्ला अदालतमा मुदा दायर भएको थियो । २०६४ चैत २७ गते राजपुरमा बम विस्फोट गराएको अभियोगमा गत असोज २६ गते आलमलाई इद्रिस गेट नजिकैबाट प्रहरीले पक्राउ गरेको थियो । २०६४ चैत २७ गते रौतहटको राजपुरमा भएको विस्फोटमा घाइते भएका २३ जनालाई इँटाभट्टामा जिउँदै जलाएको अभियोग आलममाथि लाग्दै आएको छ । सर्वाेच्च अदालतले २०६९ जेठ १६ गते आलमलाई पक्राउ गरी अनुसन्धान गर्न आदेश दिएको भए पनि उनी बच्दै आएका थिए । पछिल्लो पटक पीडितहरुले सर्वाेच्चको आदेश कार्यान्वयन नभएको भन्दै गृह मन्त्रालय र नेपाल प्रहरीविरुद्ध अवहेलना मुद्दा दर्ता गरेलगत्तै सर्वाेच्च अदालतले के कारणले पक्राउ नगरेको भन्दै पत्र लेखेपछि प्रहरीले उनलाई असोज २६ गते पक्राउ परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *