Saturday, January 18, 2025
Home > मुख्य समाचार > सांसदहरुद्धारा समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

सांसदहरुद्धारा समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण

काठमाडौं । सांसदहरुले समसामियक विषय र क्षेत्रगत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसदहरुले बाढीले विगारेको सडक मर्मत, बाढी प्रभावितका लागि उचित राहत दिन, विश्वविद्यालयका पदाधिकारी नियुक्ति गर्दा राजनीतिक भागवण्डा नगर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले राजधानीलगायतका मुलुकका विभिन्न स्थानको सडकको अवस्था अत्यन्तै नाजुक रहेको भन्दै समयमै मर्मत संभारको लागि सरकारको ध्यानाकर्षण गराउनुभयो ।  सितापाइला–रामकोट –भीम ढुंगा सडक निर्माणको काम अघि नबढेको तथा चावहिल जोरपार्टी हुदै बौद्ध जाने लगायत राजधानीका सडकहरुको अवस्था नाजुक रहेको भन्दै समयमै मर्मत कार्य गर्नेतर्फ सम्बन्धीत निकायको ध्यानाकर्षण गराउनुभयो । उहाँले साईकल लेनहरुको अभावका कारण काठमाण्डौमा साइकल चढ्ने नागरिकले पनि दुःख पाइरहेको उल्लेख गर्दे साईकल लेनको उपयुक्त व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । नेपाली कांग्रेसका सांसद देवप्रसाद तिमिल्सिना जुम्लाको विद्युत् प्रसारण अवरुद्ध भएको बारे सदनमा आवाज उठाउँदा पनि सम्बोधन नभएको उल्लेख गर्दे शक्तिशाली सरकारले सदनको आवाज नसुनेकोमा गम्भीर ध्यानाकर्षण गराउनुभयो । उहाँले अबिरल बर्षाका कारण बाढी र डुबानबाट सबैभन्दा बढी क्षति पुगेको रौतहटका जनताले एक ढिक्का नुन पनि नपाएको भन्दै यथाशिघ्र राहत र पुर्नस्थापनाको व्यवस्था मिलाउन सरकारको ध्यानाकर्षण गराउनुभयो । सांसद भीमसेन दास प्रधानले राष्ट्रिय शिक्षा आयोगको प्रातिवेदन तत्काल सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विश्व विद्यालयका पदाधिकारी राजनीतिक नियुक्ति बाट नगरी बौद्धिकताको आधारमा गर्न मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो । राजपाका सांसद अमृता अग्रहरीले आफुहरुको माग सम्बोधन नगरे सरकार विरुद्ध सडकमा उत्रने चेतावनी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *