Saturday, January 18, 2025
Home > आर्थिक समाचार > सहकारी संस्थाद्धारा शेयर सदस्यहरुलाई आधुनिक खेतिमा प्रोत्साहन

सहकारी संस्थाद्धारा शेयर सदस्यहरुलाई आधुनिक खेतिमा प्रोत्साहन

मोरङका केही स्थानीयपालिकामा भने पछिल्लो समय सहकारी सस्थाहरुले संस्थागत रुपमै आफ्ना सेयरसदस्यहरुलाई आधुनिक खेतीमा प्रोत्साहन गर्न थालेका छन् । बेलबारी १ मा रहेको बेलबारी बहुदेश्य सहकारी सस्थाले आफ्ना सेयर सदस्यहरुलाई परमपरागत खेति छाडेर ब्यासायिक तथा आधुनिक खेतिमा जोड दिन थालेको छ ।

सहकारीले संस्थाको २८ प्रतिशत र बाँकी सदस्यहरुको लगानीबाट बेलबारी नगरपालिका वार्ड नं ५ मा करिब सात विगाहाजति जमिनमा आधुनिक खेती गरिरहेको छ । विगत केही वर्षदेखि त्यहाँ कृषि मार्फत ८ वटा पोखरीमा माछा पालन गर्न भैरहेको छ । संस्थाले माछा व्यवसाय र त्यसको महत्वलाई वढी प्राथमिकता दिँदै यपपटक पनि त्यहाँ एउटा थप पोखरीको निर्माण गरिरहेको छ । केहि महिनायता संस्थाले संचालन गरेको कृषि फाममा माछका अतिरिक्त बोयर जातका बाख्रा, कुखुरा र हाँसका साथै केरा तथा अन्य फलफुलको खेती गरीरहेका छन् । आफूहरुले निर्वाहमुखि कृषिमाभन्दा व्यवसायमुखि कृषिमा जोड दिएको बेलबारी बहुमुखी सहकारी सस्थाका अध्यक्ष प्राताप थापाले बताउनुहुन्छ ।  राज्यले जतिसुकै कृषिको क्रान्तिका कुरा गरेपनि सो अनुसारको कार्यक्रम ल्याउन नसकेको, र कृषि कर्ममा लाग्नेलाई समेत उचित सहयोग गर्न नसकेको अध्यक्ष थापाको ठहर छ ।

सहकारीमा लगानी गर्नेमध्ये धेरैको उदेश्य भनेको तुरुन्तै नाफा लिइहाल्ने, अपेक्षाभन्दा वढि नाफा सोच्ने हुनाले ब्यासायिक कृषिमा सवै सेयर सदस्यलाई लगाउन नसकिएको सहकारीका सचिव नन्दराज गिरि बताउँछन् । साथै उनी कृषि क्रान्तिमा भूमिका निभाउने सहकारीलाई उचित सहयोग दिनुपर्ने वताउछन् ।  सेयर सदस्यहरुसँग साझेदारीमा लगानि गरेर आधुनिक खेतीमार्फत राम्रो आम्दानी हुन थालेपछि सेयर सदस्यहरुमा उत्साह थपिन थालेको छ । संस्थाको ५ विगाहा तथा सेयरसदस्यको दुई विगाहामा गरी जम्मा ७ विगाहामा गरिएको सहकारी संचालन गरेको कृषि फामबाट राम्रो आमदानि हुन थालेको छ । करिव ३ करोड लागतमा थालिएको कृषि फाममा दुई जनालाई जागिर पाएका छन् भने आवश्यकताअनुसार हप्तामा १० देखी १५ जनासम्मले रोजगारी समेत पाइरहेका छन् । युवाहरु विदेश तिर पलायन भइरहेको वेला गाउँमै रोजगारी दिने उद्देश्यवाट संचालित यस्ता कृषि फामहरु समाजका प्रेरणाका श्रोत हुन । यस्ता संस्था तथा तिनका संचालकहरुलाई राज्यको नीतिले समेट्नु पर्छ । अन्यथा राज्यले अख्तियार गरेको समृद्ध नेपाल र सुखी नेपालीू नारा नारामै सिमित हुन वेर लाग्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *