Saturday, January 18, 2025
Home > मुख्य समाचार > सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चस्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त

सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चस्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त

काठमाडौं, २१ पुष । नेपाली कांग्रेसका नेताहरुले आफूहरुले उठाएको सहकारीको अवधारणामा कम्युनिष्टहरुको बर्चस्व बढ्दै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

आज राजधानीमा भएका दुई छुट्टाछुटै कार्यक्रममा कांग्रेस नेताहरुले कम्युनिष्ट विचारधारा विपरित रहेको सहकारीमा कम्युनिष्टहरुकै बर्चश्व भएको टिप्पणी गरेका हुन् । सहकारी अर्थनीति कम्युनिष्ट विचारधाराको विपरित भए पनि अहिले मुलुकभरका सहकारीमा वामपन्थीकै बर्चश्व रहेको भन्दै सहकारी संस्थामा संलग्नता बढाउनुपर्नेमा जोड दिए । फियन बचत तथा ऋण सहकारी संस्थाको आठौ बार्षिक साधारणसभालाई सम्बोधन गर्दै कांग्रेस नेता पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले कांग्रेसले बनाएको सहकारीको आधारको उपयोग कम्युनिष्टहरुले गरिरहेको बताउनुभएको हो । त्यसैगरी बीपी स्मृति सामुदायिक सहकारी अस्पतालको ११ औ बार्षिक साधारणसभालाई आज नै सम्बोधन गरेका पुर्व उपप्रधानमन्त्री एवं कांग्रेस उपसभापति बिमलेन्द्र निधीले पनि सहकारी अर्थनीति सुरु गरेको कांग्रेस नै सहकारी अभियानमा पछि परेको र कम्युनिष्टको बर्चश्व बढेको बताउनुभएको हो ।

वर्तमान सरकारले गाउँगाउँमा सहकारी पुर्याउने नीति लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *