Saturday, January 18, 2025
Home > राष्ट्रिय समाचार > सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण

सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण

काठमाडौं, १३ चैत्र । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले सरोकारवाला निकायसँग पर्याप्त छलफल गरेर मात्रै कानुन निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ ।

सभामुख महराले सूचनाको हकसम्बन्धि कानुन परिमार्जन गर्न पनि सरकारसँग आग्रह गर्नुभयो । उहाँले सूचनाको हकसँग सम्बन्धित कानुन परिमार्जनका लागि आफूले संघीय संसदमा सक्दो पहल गर्ने प्रतिवद्धता पनि व्यक्त गर्नु भयो । आज काठमाडौंमा आयोजित ‘सूचनाको हकको राष्ट्रिय सम्मेलन’लाई सम्बोधन गर्दै उहाँले सूचनाको हकको प्रभावकारी कार्यान्वयन गर्न पनि सरकार र सम्बन्धित निकायलाई सचेत गराउनुभयो । सभामुख महराले संस्थाहरु पारदर्शी नहुँदासम्म सूचनाको हकसम्बन्धि ऐन कार्यान्वयनको कामलाई विशेष ढंगले अघि बढाउनुपर्ने आवश्यक्ता पनि औंल्याउनु भयो । कार्यक्रममा राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त कृष्णहरि बास्कोटाले सूचनाको हकलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान सरकारका सबै निकायलाई पटक–पटक सचेत गराइएको जानकारी दिनु भयो । उहाँले सूचना आयोगले सूचनाको हक सबै नागरिकले पाउनुपर्ने मान्यताका आधारमा सबै मन्त्रालय, विभाग, आयोगलगायतका संवैधानिक निकायमा समेत सूचना अधिकारी तोक्ने व्यवस्था गरिएको पनि स्पष्ट पार्नु भयो ।

राष्ट्रिय सूचना आयोगले विगत ४ वर्षयता सूचनाको हक सम्बन्धि कानुन कार्यान्वयन गराउन ५ हजार ७३ वटा आदेशसमेत जारी गरिएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *